अपडेट 
२०८१ श्रावण ३१, बिहीबार ०७:५५

निर्वाचन आयोगले आगामी मंसिर महिनाको अन्तिम साता देशभरका विभिन्न स्थानीय तहको ३४ पदका लागि उपनिर्वाचन गराउने तयारी गरेको छ ।

विभिन्न कारणले रिक्त हुन पुगेका नगरपालिकाका मेयर, उपमेयर, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष एवम् वडा अध्यक्षहरुको पदपुर्ती निर्वाचन प्रक्रियाद्वारा गरिने तयारी आयोगको छ । यसका लागि अगामी मंसिर अन्तिम साता उपनिर्वाचन गराउन आयोगले सरकार समक्ष प्रस्ताव गरेको छ ।

मधेशको सप्तरी र रौतहट जिल्लामा चार वटा वडा अध्यक्षको पद रिक्त रहेको आयोगले जनाएको छ । आयोगको अनुसार सप्तरी जिल्लाको डाक्नेश्वर नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्षको पद खाली छ । त्यस्तै, रौतहट जिल्लास्थित इशनाथ नगरपालिकाको वडा नम्बर ७, राजपुर नगरपालिकाको वडा नम्बर ६ र गढीमाई नगरपालिकाको वडा नम्बर ८ मा वडा अध्यक्षको पद रिक्त छन् ।

काठमाण्डु जिल्लास्थित किर्तिपुर नगरपालिका प्रमुख, जाजरकोटको नलगाड नगरपालिका उपप्रमुख, मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष, दैलेखको महाबु गाउँपालिका अध्यक्ष, बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्ष र दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्ष पद खाली छ । यी बाहेक विभिन्न जिल्लास्थित पालिकाका वडा अध्यक्षहरु समेत जम्मा ३४ पद रिक्त रहेको आयोगले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News