अपडेट 
२०८१ श्रावण ३१, बिहीबार ०८:४५

महोत्तरीको भंगहा नगरपालिकाको कामकाज दुई दिनदेखि ठप्प छ । पालिकाको कामकाज ठप्प हुँदा सेवाग्राहीालाई सास्ती भोग्न बाध्य छन् ।

भंगहा नगरपालिकाको कार्यालयमा कर्मचारीमाथि हातपात भएको विरोधमा कामकाज मंगलबारदेखि ठप्प छ । सो नगरपालिकामा कार्यरत छैठौं अधिकृतस्तरका कर्मचारी सुर्यनारायण ठाकुरमाथि कार्यकक्षमै सोमबार वडा नं. ९ का स्थायीवासिन्दा मुकेशकुमार यादवले हातपातसंगै अभद्र व्यवहार गरेको भन्दै कर्मचारीहरु आन्दोलित भएका छन् ।

सो घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गर्दै भंगहा नगरपालिकाबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा कर्मचारीहरुले ठप्प पारेका छन् । सेवा ठप्प हुँदा सेवाग्राहीहरु मर्कामा परेका छन् । यता कर्मचारीमाथि आक्रमण गर्ने यादवमाथि कडा कारबाहीको माग गर्दै नगरपालिकामा काम गर्ने वातावरण र सुरक्षाको प्रत्याभुति गराउनुपर्ने उनीहरुको माग छ । घटनाले राष्ट्रसेवक कर्मचारीहरूको जीउज्यानको असुरक्षा र डर, भय त्रासको वातावरणका कारण कार्यालयमा कामकाज गर्न असहज भएको उनीहरुले बताएका छन् । कर्मचारीहरुले सेवा ठप्प हुँदा सेवाग्राहीहरूलाई पर्नसक्ने असुविधाका लागि क्षमायाचना गर्दै, यसको सम्पूर्ण जिम्मेवारी मुकेश कुमार यादवले लिनुपर्ने जिकिर गरेका छन्

Comment


Related News

Latest News

Trending News