अपडेट 
२०८१ श्रावण ३१, बिहीबार १५:२०

सहकारी ठगीमा फरार गितेन्द्रबाबु राई (जीबी) राईमाथि अनुसन्धान गर्न नेपाल प्रहरीको एक टीमलाई मलेसिया पठाउने तयारी गरिएको छ ।

मलेसियामा रहेका राईलाई नेपाल फिर्ता ल्याउन नसकिएपछि नेपाल प्रहरीले दुई सदस्य प्रहरीको अनुसन्धान टोलीलाई मलेसिया पठाउन गृह मन्त्रालयमार्फत पहल थालिएको हो । त्यसका लागि गृहमन्त्रालयले कुटनीतिक पहल थालेको छ ।

गृहले परराष्ट्र मन्त्रालयमार्फत नेपालको प्रहरी टोलीलाई मलेसियामा गएर अनुसन्धान गर्न त्यहाँको सरकारसँग पहल गर्नुपर्ने छ । राईविरुद्ध यसअघि इन्टर पोलबाट रेड कर्नर नोटिस जारी भएपनि नेपाल सरकारले उनलाई फिर्ता ल्याउन सकेको छैन ।

प्रहरी प्रधान कार्यालयले अनुसन्धान टोलीलाई मलेसिया पठाएर अनुसन्धान गर्न तीन महिनाअघि नै पहल गरेको थियो । तर, सरकार परिवर्तनले यो प्रकृया बीचमै रोकियो । केपी ओली सरकार आएपछि प्रहरी प्रधान कार्यालयले गृहमार्फत पुन: पहल गरेको हो । नेपाल प्रहरीका महानिरीक्षक वसन्त कुँवरले तीन महिनाअगाडिकै कुरा अहिले अगाडि बढेको बताए ।

‘हामीले तीन महिनाअघि पत्राचार गरेका थियौँ । त्यो अहिले अगाडि बढेको हो’, उनले भने ।

राई मलेसियामा व्यवस्थितरूपमा बसिरहेको निष्कर्ष नेपाल प्रहरीको छ । मलेसिया सरकारले राईलाई नेपाललाई बुझाउन मानेको छैन । राई सुदर्शन सहकारीका सञ्चालक हुन् । ग्यालेक्सी टीभी सञ्चालक रहेको गोर्खा मिडियाको पनि अध्यक्ष उनी हुन् ।

सहकारीको रकम गोर्खा मिडियाले प्रयोग गरेको देखिएपछि रवि लामिछाने पनि अनुसन्धानको घेरामा छन् ।

Comment


Related News

Latest News

Trending News