मधेश प्रदेशको तत्कालीन आन्तरिक मामिला तथा कानुन मन्त्रालयका तत्कालीन उपसचिव अवधकिशोर प्रसाद कुशवाहासहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेले तत्कालीन उपसचिव कुशवाहासहित पूर्वाधार विकास कार्यालय, धनुषाका तत्कालीन निमित्त प्रमुख रविचन्द्र पजियार र करार सेवामा कार्यरत तत्कालीन इन्जिनियर राममनिज यादवविरुद्ध पाँच लाख ३१ हजार ४२८ रुपैयाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।
आर्थिक वर्ष ०७७/०७८ मा आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट भएको ठेक्काको इलाका प्रहरी कार्यालय गौशाला, महोत्तरीको कम्पाउण्ड वाल निर्माण कार्यमा ठेक्का प्रक्रियादेखि भुक्तानीसम्मको कार्यमा संलग्न रही फिल्डमा हुँदै नभएको कार्यको काम भएको भनी नापी किताब, बिल र सोही अनुसारको कार्य सम्पन्न भएको प्रतिवेदन तथा कागजातहरू तयार एवम् प्रमाणित गरी भुक्तानी आदेश र गोश्वारा भौचर सदर गरी सो रकम बढी भुक्तानी गराइ नेपाल सरकारलाई गैरकानुनी हानी पु¥याएको जानकारी दिए ।
सो मुद्दामा जयसवाल कन्स्ट्रक्सनका निर्माण व्यवसायी÷सञ्चालक राकेश प्रसाद जयसवालले वास्तविक कार्यभन्दा बढी मूल्यांकन गराइ सो रकम बढी भुक्तानी लिएको देखिएको आयोगले जनाएको छ । उनीहरुविरुद्ध पाँच लाख ३१ हजार ४२८ रुपैयाँ बिगो रकम कायम गरी जफत हुन मागदाबी लिई बिहीबार विशेष अदालत, काठमाण्डुमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ ।