
नेपाली जनता दलले जनकपुरधाममा महाधिवेशन गर्ने भएको छ ।
यसका लागि सम्पूर्ण तयारी पूरा भएको दलका अध्यक्ष हरिचरण साहले जानकारी दिए । उनले यस महाधिवेशनबाट नयाँ नेतृत्वसहित नयाँ कार्यसमिति चयन हुने विश्वास व्यक्त गरे । अध्यक्ष साहले आफूले दुई कार्यकाल विताइसकेकाले अब नयाँ सक्षम नेतृत्व चयन होस् भन्ने चाहना रहेको बताए । यही भदौँ १ गतेदेखि दुई दिनसम्म चल्ने महाधिवेशनमा देशभरबाटै २५० जना प्रतिनिधि तथा पर्यवेक्षक रहेको अध्यक्ष साहले बताए । जनकपुरधामस्थित जिल्ला समन्वय समिति धनुषाको सभाहलमा हुने दुई दिवसीय महाविधेशनले देशलाई नयाँ दिशा लैजानका लागि विचार तथा कार्यदिशामा व्यापक छलफल तथा विचारविमर्श हुने उनले बताए । सो महाधिवेशनको मूल नारासुखी नेपाली, समृद्ध नेपाल रहेको छ ।