अपडेट 
२०८१ श्रावण ३२, शुक्रबार ०८:१८

मधेश प्रदेश सरकारको विभिन्न मन्त्रालयको प्रशासनिक भवन जीर्ण देखिएको हुँदा नयाँ जग्गा वा भवनका लागि विकल्पको खोजीमा दौडधुप बढेको छ ।

मधेश प्रदेश सरकारले प्रयोगविहीन सरकारी जग्गा तथा भवनहरूको स्थलगत अनुगमन तथा निरीक्षण गरेको छ । मुख्यमन्त्री सतीशकुमार सिंहको अगुवाइमा मन्त्रीहरूको टोलीले धनुषाको नक्टाझिझसहित विभन्न स्थलमा रहेको जग्गा तथा कृषि निर्देशनालय र मुजेलियास्थित मणिपाल भवनको समेत अनुगमन गरेको छ ।

संघीय सरकारको मातहतमा रहेका जनकपुरधामस्थितका प्रयोगविहीन तथा जीर्ण भवनहरूको प्रदेश सरकारले वस्तुस्थिति बुझ्ने काम गरिएको मुख्यमन्त्री सिंहले जानकारी दिए । उनले मधेश प्रदेश सरकारमा चारवटा मन्त्रालयहरू ‘रेड जोन’ मा छन् ।

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवाग्राहीको चाँप अनुसार पर्याप्त ठाउँ नभएकोले यी दुई ठाउँको विकल्पका लागि प्रयोगविहीन सरकारी संरचनाको अवलोकन गरिएको उनले बताए । उनले भने, ‘सबै मन्त्रीज्यूहरू सल्लाह गरेर अनुगमनमा निस्केका हौँ, अनुगमन पनि गरियो । अब यी कार्यालयहरू संघीय सरकार मातहत छन् ।

समन्वय गरेर प्रदेश सरकारले विकल्पमा प्रयोग गर्ने योजना बनाउने छ । संघीय सरकारले सहमति दिएमा सबै जीर्ण भवनहरूलाई मर्मत तथा व्यवस्थित गरेर प्रयोगमा ल्याउँछौँ ।’ मधेश प्रदेश सरकारले अनुगमन गरेको नक्टाझिझमा सरकारको स्वामित्वमा २८ विघा जग्गा रहेको छ ।

जसमा अहिले कृषि बिरुवा, धान, गहुँ उत्पादनको कार्य भइरहेको अनुगमनमा पाइएको प्रदेश सरकारको टोलीले जानकारी दिएको छ । प्रदेश सरकारबाट मुख्यमन्त्री सिंहसहित भौतिक मन्त्री सरोज यादव, कृषि मन्त्री जनार्दन सिंह क्षेत्री, शिक्षा मन्त्री रानी कुमारी तिवारीलगायतसमेत थिए ।

Comment


Related News

Latest News

Trending News