अपडेट 
२०८१ श्रावण ३२, शुक्रबार १३:२५

जनता समाजवादी पार्टी (जसपा) नेपालको ४ महिने संगठन निर्माण अभियानमा खटाइएका केन्द्रीय सदस्यहरूले पार्टी कार्यक्रम तथा गतिविधिसम्बन्धी प्रचार प्रसारको अनुगमन हुने भएको छ ।

पार्टीको केन्द्रीय समितिको बैठकले पार्टीले आधारभूत संगठन निर्माण अभियानमा खटिएका अभियन्ताले पार्टीका कार्यक्रम र गतिविधिहरुको दैनिक रूपमा आफ्नो सामाजिक सञ्जालको खाता वा पेजमा प्रचार प्रसार गरे नगरेको अनुगमन गर्न पार्टी प्रचार प्रसार विभाग, केन्द्रीय अनुगमनकर्ता र सम्बन्धित समितिको मुख्यसचिव वा सचिवलाई तोकेको छ ।

अभियन्ताले सामाजिक सञ्जालमा पोष्ट गर्दा भाषा शैलीमा शुद्धता र शिष्टता अपनाउनु पर्नेछ साथै व्यक्तिगत आरोप प्रत्यारोप, कुनै जाति वा धर्मप्रति लक्षित भई पोष्ट गर्न पाइने छैन ।

यस अभियानको समाचार सम्प्रेषण गर्न पार्टी प्रचार प्रसार विभाग र प्रेस मञ्चले सम्बन्धित क्षेत्रहरूमा सदस्यहरूलाई तोक्न सक्ने गरी जिम्मेवारी तोकिएको छ ।

Comment


Related News

Latest News

Trending News