अपडेट 
२०८१ श्रावण ३२, शुक्रबार १७:१९

पर्सामा चार सय ८९ किलो लागूऔषधसहित एक जना पक्राउ परेका छन् ।

पटेर्वा सुगौली गाउँपालिका–४ अकवा गाँउको बाँसघारीमा लुकिरहेको अवस्थामा कालिकामाई गाउँपालिका–१ बस्ने ४० वर्षका फुलसरिफ मियाँ गएराति पक्राउ परेका जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । उनको साथबाट ३० किलो गाँजा तथा एक सय ९२ किलो चरेस र गाँजाको धुलो (पोलान्ड) दुई सय ६७ किलो बरामद गरेकाे प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता दीपक भारतीले जानकारी दिनुभयो ।

पक्राउ परेका मियाँविरुद्ध लागूऔषध कसूरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News