२०८१ भाद्र १, शनिबार ०७:५५

ओम औटो मोबाइलले बजाजको अर्को सर्भिस सेन्टर जनकपुरधाममा संचालनमा ल्याएको छ ।

बजाजको सर्भिस र स्पेयर्स पार्टस् जनकपुरधामसहित आसपासको क्षेत्रमा उपलब्ध गराउने उद्देश्यले सर्भिसिङ सेन्टर सञ्चालनमा ल्याइएको ओम औटो मोबाइलका संचालक संतोष साहले जानकारी दिए ।

सर्भिसिङमा अनुभव भएका दक्ष प्राविधिकहरूबाट सर्भिसिङ गराइने उनले बताए । नयाँ सर्भिसिङ सेन्टरले ग्राहकहरूलाई बाइकको स्पेयर्स पार्टस् तथा एसेसरिज खरिदका लागि सहज बनाउने उनको भनाई थियो ।

सर्भिस सेन्टरको उदघाटन हंसराज हुलासचन्द एन्ड कम्पनीका निर्देशक अभिमन्यु गोल्छा, मधेसका शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा, जलेश्वर नगरपालिकाका प्रमुख सुरेश साह सोनार, मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डल, जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठ लगायतले गरेका थिए ।

Comment

Related News

Latest News

Trending News