अपडेट 
२०८१ भाद्र १, शनिबार ०८:१५

धनुषामा डुबेर दुई बालिकाको मृत्यु भएको छ ।

शुक्रबार जिल्लाको मिथिला विहारी नगरपालिका– ९ स्थित जलाद खोलामा डुबेर स्थानीय ९ वर्षीया स्मृति यादव र लक्ष्मीनिया गाउँपालिका– ३ की १० वर्षीया सन्ध्या यादवको मृत्यु भएको धनुषा प्रहरीका प्रहरी नायव उपरीक्षक रञ्जन अवाले जानकारी दिए । बालिका सन्ध्या यादव आफन्तको घरमा आएको बेला दिउँसो नुहाउन गएको अवस्थामा डुबेकी थिइन् ।

दुवै जनाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । भने घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News