अपडेट 
२०८१ भाद्र २, आईतवार ०७:४४

जनता समाजवादी पार्टी (जसपा) नेपालले विभिन्न चरणमा भएका मधेश आन्दोलनका क्रममा आन्दोलनकारी माथि लगाइएका झुठा मुद्दाहरू खारेज गर्न माग गरेको छ । हालै काठमाण्डुमा सम्पन्न भएको केन्द्रीय समिति बैठकले आन्दोलनकारीमाथि लगाइएका मुद्दा खारेज गर्न सरकारसंग भएका सम्झौताअनुरूप बन्दीको रिहाइ गर्न माग गर्ने निर्णय गरेको छ ।

काठमाण्डुमा आयोजित पत्रकार सम्मेलनमा शनिबार बैठकका ६७ बुँदे निर्णय सार्वजनिक गर्दै जसपा नेपालले मधेश आन्दोलनका बन्दीको रिहाइका साथै रोक्का गरिएका जग्गा, धन–सम्पत्ति फुकुवा गर्न माग गरेको छ । उनले बन्दीहरूको रिहाइ, मुद्दा खारेजी र शहीद परिवारहरूको भरण–पोषण, शिक्षा, स्वास्थ्य उपचारको व्यवस्था गर्न सरकारसंग माग गरेको छ । त्यस्तै प्रहरी कर्मचारी समायोजनका लागि प्रदेश सरकारलाई प्रहरी हस्तान्तरण गरिनुपर्ने माग गर्दै संघीय निजामती ऐन संसद्बाट पारित गर्न समेत उनले माग गरे । उनले प्रदेशमा मन्त्रालय संख्या घटाउनुपर्ने र आवश्यक ऐन निर्माण गरी प्रदेशलाई अधिकार र स्रोतसाधन प्रदान गर्न पनि माग गरे ।

संविधानमा व्यवस्था भएबमोजिम विशेष, संरक्षित तथा स्वायत्त क्षेत्र कायम गरी त्यसको क्षेत्राधिकार निर्धारण गर्न, जिल्ला समन्वय समिति आवश्यक नरहेको र त्यसको भूमिका पनि आवश्यक नदेखिएकाले हटाउनु उचित हुने उनले बताए । स्थानीय तहलाई प्रदेश सरकारको क्षेत्राधिकारभित्र राख्न, संविधानमा आवश्यक संशोधन गरी जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख राष्ट्रपतीय प्रणाली व्यवस्था गर्न उनले माग गरे ।

Comment


Related News

Latest News

Trending News