अपडेट 
२०८१ भाद्र २, आईतवार ०७:५१

महोत्तरीको जलेश्वर मन्दिरबाट फिरौती माग गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिका– ५ का गफुर राईनलाई पैसा माग गरिएको र पैसा नदिए धम्कीपूर्ण भाषा प्रयोग गरेको आरोपमा २ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी निरीक्षक धर्मराज मुडभरीले जानकारी दिए । रामगोपालपुर नगरपालिका– ५ का जलेश्वर डेरा गरी बस्ने २४ वर्षीय सुनिल कुमार राउत र १९ वर्षीय करण मण्डललाई पक्राउ गरपएको प्रहरी निरीक्षक मुडभरीले बताए । पक्राउ परेका दुबै जनाले केही दिन अगाडि बाटोमा चिठ्ठी दिएर ९२ हजार रुपैयाँ माग गरिएको र पैसा नदिए धम्कीपूर्ण भाषा प्रयोग गरिएको सूचना प्राप्त भएको थियो ।

Comment


Related News

Latest News

Trending News