अपडेट 
२०८१ भाद्र २, आईतवार ०७:५३

मधेशमा प्रजातान्त्रिक मूल्य मान्यताको अवस्था नाजुक भइ टर्च लिइ खोज्नु पर्ने स्थिति देखिएको प्रसंग उल्लेख गरिएको छ । कुनै कालखण्डमा चेतनाको बीउ छर्ने, लोकतान्त्रिक राजनीतिक चेतनाको प्रवद्र्धन गर्ने , नेपाली कांग्रेसको उद्गम स्थल , गणतन्त्रका लागि शहादत दिने भूमि वर्तमानमा आपराधिक, जातीय , हिंसा अपराध र वितृष्णा भावलाई मलजल दिने स्थलमा परिणत भएकाले प्रजातान्त्रिक मूल्य मान्यता शब्दमा सीमित हुन पुगेको तथ्य औंल्याइएको छ ।

राजनीतिमा विभेद र दृष्टिकोणमा विभेद तथा गुटगत मनोविज्ञानले सत्ता र दल सञ्चालन गर्ने प्रवृत्तिले गर्दा लोकतान्त्रिक मूल्य मान्यता भनाइ , भाषणको विषय मात्र हुने गरेको चर्चा गरिएको छ । प्रजातान्त्रिक विचार समाज धनुषाद्वारा शनिबार जनकपुरधाममा आयोजित मधेशमा प्रजातान्त्रिक मूल्य मान्यताको अवस्था विषयक अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले प्रजातान्त्रिक विचार, व्यवहार र चरित्रको अभावमा मधेश प्रदेशमा संघीयता र प्रजातान्त्रिक मुल्य मान्यतालाई उपहास गर्दे पद्धतिलाई मन्त्री उत्पादन गर्ने कारखानामा परिणत गरेको बताए ।

चुनावका माध्ममले लोकतान्त्रिक मूल्य मान्यता अपहरण , बन्धक बनेको चर्चा गर्दे नेपाली कांग्रेसका पदाधिकारीहरुले जनता , कार्यकर्तालाई मत प्राप्त गर्ने साँचौ मात्र बनाएको गुनासो गरे । प्रजातन्त्रको उद्गम स्थल , कांग्रेसको जन्म थलो मधेशमा नेपाली कांग्रेसको सरकार नबन्नुमा गुटगत राजनीतिको प्रभुत्व रहेको सहभागीहरुले बताए ।

जसपा, जनमत पार्टीको नेतृत्वमा मन्त्रीमण्डल बनेका कांग्रेसका मन्त्रीहरुले लोकतान्त्रिक मूल्य मान्यता विपरीत जनता , कार्यकर्ता र आस्थावानलाई बेवास्ता गरी हरेक कार्यमा अर्थोपार्जनमा कांग्रेसको गरिमालाई क्रय बिक्रय गरेको दृष्टान्त सहभागीहरुले प्रस्तुत गरे । सरकारमा कांग्रेसी अनुहारको प्रतिनिधित्व छ भन्दै सहभागीरुले कांग्रेसको उर्वर भूमिमा प्रजातान्त्रिक अभ्यास किन नाजुक छ , चिन्तन गर्नु पर्ने अवस्था विद्यमान रहेको सहभागीहरुले ध्यानाकर्षण गराए ।

पूर्व मन्त्री एवं नेपाली कांग्रेसका नेता महेश आचार्यले मधेशकै नागरिक चेतनाले देश बनेको स्मरण गराउँदे गुटगत राजनीतिले खण्डित गरेको कांग्रेसमा प्रजातान्त्रिक मूल्य मान्यता पार्टी सभाापतिदेखि सरकारमा सहभागी भएका भाषणमा टुक्काका रुपमा रुपान्तरण भइकांग्रेस शक्तिहीन बन्न अवस्थामा पुगेको बताए ।

गुटको आँखाले पार्टी सञ्चालन गर्ने मनोविज्ञान नै सांस्कृतिक वैभवतामाथि प्रश्न खडा गरेको चचाृ गर्दे उनले मधेशको प्रजातान्त्रिक गरिमालाई जीवन्त राख्न विचारको पुनरताजगी र सिंगो मधेशलाई एक ढिक्का गर्नु पर्नेमा जोड दिए । कांगे्रसमा कल्पनाशील, चिन्तनशील नेताको अभावका कारण कांग्रेसमा दूरगामी दृष्टिकोणको रिक्तता देखिएको प्रसंग उल्लेख गर्दे दुर्गानन्द , महेन्द्र नारायण निधि, रामनारायण मिश्र, सरोज कोइराला, शेख इद्रिस, कामेश्वर कुशेश्वरको योगदानलाई कदर गर्नु आवश्यक रहेको धारणा राखे ।

समाजका अध्यक्ष कुलचन्द्र वाग्लेले मधेशमा जातीय , वर्गीय विभेद कठोर भएको बताउँदै चिन्तनको उपज भूमिमा प्रजातान्त्रिक चेतना कमजोर हुनु सोचनीय अवस्था हो भनाइ राखे । समाजका पूर्व अध्यक्ष एवं संरक्षक डा. केदार नरसिंह केसीले मधेश नेपालको राजनीतिको उद्भव स्थल भएकाले विचार , चरित्र र आचरण जस्ता पक्षलाई आत्मसात गर्न आग्रह गरे ।

पूर्व मन्त्री एवं सासद रामकृष्ण यादवले लोकतन्त्र शब्ख नभइ आचरण भएको तथ्यलाई मनन गर्नु जरुरी छ भने । नेपाली कांग्रेस धनुषाका सभापति योगेन्द्र पंजियारले मधेशमा लोकतान्त्रिक मूल्य मान्यताको अवस्था नाजुक भइ संगठन सुदृढ भन्दा पनि सत्ता र पावरमा केन्द्रित हुने मनोग्रन्थिबाट आक्रान्त भएको बताए । महिला संघका केन्द्रीय सदस्य नीलु कणर्ले काग्रेसले मधेशको गरिमालाई स्खलित गर्ने कार्य गरिरहेका कारण काग्रेस अनुहारमा सीमित हुन पुगेको प्रसंग उल्लेख गरिन ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रिंकु गायत्री मिश्रले लोकतन्त्रको क्षयीकरणले गर्दा मधेशमा मूल्य मान्यता पनि सत्ता आर्जन र मन्त्री उत्पादनको कारखानाको स्थिति देखा परेको बताइन् । समाजका धनुषा अध्यक्ष नवीन झाको अध्यक्षतामा भएको कार्यक्रममा समाजका वरिष्ठ उपाध्यक्ष गोकर्ण अर्याल, राजनीतिक विश्लेषकहरु शंकर तिवारी, चन्द्रदेव भट्ट र प्रजातान्त्रिक योद्धा ललन चौधरीले राज्य व्यवस्था सञ्चालनमा परिवर्तनको चरित्र देखा नपरेका कारण लोकतन्त्र हाइजेक अवस्थामा रहेको प्रसंग उल्लेख गरे ।

Comment


Related News

Latest News

Trending News