
सुनचाँदीका विभिन्न गरगहनासहित प्रहरीले सिरहाबाट एक जनालाई पक्राउ गरेको छ ।
सिरहा नगरपालिका वडा नम्बर ७ स्थित ग्रामीण सडक खण्डमा चौहर्बातर्फ जाँदै गरेको प्र१–०१–०१४ प ४६२५ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा झापाका रोशन बराईलीलाई सुनचाँदीका गरगहनासहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
उनबाट बरामद सुनचाँदीको गहनाको कुल मूल्य ५ लाख ५२ हजार ९०९ रुपैयाँ रहेको प्रहरीले जनाएको छ ।