अपडेट 
२०८१ भाद्र २, आईतवार १३:११

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताका मुद्दाको रक्षाका निम्ति सदन र सडकबाट संघर्षको विकल्प नरहेको बताएका छन्।

तत्कालीन एकता-केन्द्रका केन्द्रीय सदस्य रामवृक्ष यादवको स्मृतिमा आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रचण्डले जनताका अधिकार खोसिने आशंका जन्मिएकाले त्यसको रक्षाका लागि संघर्षको विकल्प नरहर्को बताएका हुन्।

‘जनताका मुद्दा खोसिने हुन् कि भन्ने आशंका जन्मिएको छ, प्रश्नहरू जन्मिएका छन्। जनताका मुद्दा रक्षा गर्न जनतामा जानुको बिकल्प छैन। मैले सदन र सडकबाट संघर्षको बिकल्प देखेको छैन,’ उनले भने।

अध्यक्ष प्रचण्डले अहिले बनेको गठबन्धन अपवित्र रहेको र माओवादी नेतृत्वको सरकारले राम्रो काम गरेकाले विरोधीहरू आत्तिएर नयाँ गठबन्धन बनाएको बताए।

‘यो अपवित्र छ, यसको उद्देश्य गलत छ,’ उनले भने।

प्रचण्डले पार्टीलाई सुदृढ गर्ने र अझै बलियो बनाउनेतिर अगाडि बढेको पनि बताए।

‘स्थायी समिति बैठकमा खुला र गम्भीर छलफल गरिरहेका छौँ। पार्टी थप सुदृढ गर्ने प्रक्रिया अगाडि बढेको छ। केन्द्रीय समितिको बैठकबाट व्यवस्थित कार्यक्रम र कार्ययोजना बनाएर अगाडि बढ्छौँ,’ उनले भने।

Comment


Related News

Latest News

Trending News