सर्लाहीको श्रीमती कृष्णा देवी जनता माध्यमिक विद्यालयको ११ विघा जग्गा भुमाफियाहरुले कब्जामा लिएका छन् ।
प्रधानाध्यापक युगेश्वर राउतले भुमाफियाहरुले विद्यालयको जग्गा कब्जा गरी परिसरमा रहेका १३ वटा सटरहरुको भाडा व्यापारीहरुले समेत दिन आनाकानी गरिरहेको आरोप लगाएका छन् । उनले ६ वर्षदेखि व्यापारीहरुले भाडा नदिएको गुनासो समेत गरे । सटरहरुको भाडाबाट आउने करिब १७ लाख रुपैयाँ व्यापारीहरु माथि बाकी रहेको छ ।
पटक– पटक व्यापारीहरुलाई ताकेता गरे पनि राजनीतिक धाकधम्की देखाएर रकम भुक्तान नगरेको प्रधानाध्यपक राउतले बताए । जसले गर्दा विद्यालयको आर्थिक अवस्था दिनप्रतिदिन खस्किदै गएको छ । उनले भने, ‘हामी शिक्षक हौँ, पठनपाठन गराउने कि जग्गाको संरक्षण गर्ने, सटरभाडा मागेपछि व्यापारीहरुले उल्टै हप्काउन खोज्ने गरेकोले हामी स्थानीय निकायलाई गुहा¥यौँ ।’