अपडेट 
२०८१ भाद्र ३, सोमबार १४:२६

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मंकिपक्स संक्रमणको जोखिममा नेपाल पनि रहेको जनाएको छ।

मंकिपक्स भाइरसको संक्रमण छिमेकी देश भारतमा द्रूत रुपमा फैलिरहेकाले जोखिम रहेको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए।

‘नेपालमा अघिल्लो वर्ष एक जना विदेशी ६० वर्षीया महिलामा मंकिपक्स संक्रमण देखिएकाले पनि नेपाल मंकिपक्स संक्रमणको जोखिम नरहेको भन्न सकिदैन,’ उनले भने।

प्रवक्ता बुढाथोकीले मंकिपक्सको पूर्वतयारीबारे मन्त्रालयले विषय विज्ञसँग सुझाव लिइसकेको  पनि बताए। मन्त्रालयले हवाई तथा सीमा नाकामा रहेका हेल्थ डेस्क तथा सरुवा रोगको निगरानी गर्न संघ, प्रदेश र स्थानीय तहलाई निर्देशन दिइसकेको प्रवक्ता डा. बुढाथोकीले जानकारी दिए।

उनका अनुसार मन्त्रालयले सातवटै प्रदेशमा रोगको रोकथाम र व्यवस्थापनका लागि अस्पताल र चिकित्सक तोकेको छ।

केही दिनयता अफ्रिकी मुलुक कङ्गोमा मंकिपक्स भाइरसको घातक प्रजाती ‘क्लेड १ वी’ फैलिरहेको छ। मन्त्रालयका अनुसार जनवरी यतामात्र उक्त भाइरसका कारण ५४८ जनाको मृत्यु भइसकेको छ।

विश्व स्वास्थ्य सङ्गठनले पनि मंकिपक्स संक्रमण बढिरहेकाले विश्वव्यापी जनस्वास्थ्य आपतकाल घोषणा गरेको छ।

Comment


Related News

Latest News

Trending News