अपडेट 
२०८१ भाद्र ४, मंगलवार ०७:२२

मधेशसहितको शैक्षिक अवस्था खस्किदैँ गएको भन्दै अभिभावकहरु आफ्नो सन्ततिको शैक्षिक भविष्यका लागि विदेशतर्फको गन्तव्य रोज्न थालेका छन् ।

आफ्ना सन्ततिको शैक्षिक भविष्यका लागि अभिभावकहरुले मधेशसहित विभिन्न विश्वविद्यालयदेखि निजी कलेजलाई बेवास्ता गर्दै गुणस्तरीय शिक्षा र रोजगारीलाई समेत दृष्टिगत गर्दै विदेश रोज्न थालेका छन् । जसका लागि अभिभावकहरुले आफ्ना छोरा–छोरीको अध्ययनका लागि बैंकबाट ऋण लिएर विदेशमा अध्ययनका लागि पठाउने क्रम बढेको छ ।

विशेषगरी नेपालबाट अभिभावकहरुले वैदेशिक अध्ययनका लागि सबैभन्दा धेरै विद्यार्थी जापान, क्यानडा, युके, अस्ट्रेलिया, अमेरिका, कोरिया, फ्रान्स, भारतलगायत देशमा पुगेका छन् । जापानमा ३४ हजार ७३१, क्यानडामा १५ हजार ९८२, अस्ट्रेलियामा १४ हजार ३७२, अमेरिकामा ११ हजार २६१, डेनमार्कमा एक हजार ७५४, भारतमा दुई हजार ३८९ र कोरियामा ६ हजार ८८९ पुगेका छन् । एनओसी लिन प्रतिव्यक्ति दुई हजार शुल्क भुक्तानी गर्नुपर्ने हुन्छ । त्यस्तै, युकेमा १३ हजार ३३९, युएईमा दुई हजार १४७, न्युजिल्यान्डमा एक हजार ४४६, फ्रान्समा एक हजार ४८९, फिनल्यान्डमा एक हजार ५३५ लगायत ६६ देशमा अध्ययनका लागि नेपाली विद्यार्थी पुगेका छन् ।

नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष ०८०/८१ मा अभिभावकले विद्यार्थीलाई पढ् नका लागि ५४ अर्ब ९६ करोड ३७ लाख रुपैयाँ लिएको जनाएको छ । तर सो ऋण नेपालमा लगानी नलगाएर विदेशतर्फ पठाउने गरेका छन् । सो रकम विद्यार्थीलाई विदेश पढ्न जाने प्रयोजनमा अभिभावकले खर्च गरिरहेका छन् ।

आर्थिक वर्ष ०७९/८० मा विद्यार्थीको नाममा ५५ अर्ब ८६ करोड ३ लाख रुपैयाँ ऋण लिएका थिए भने आर्थिक वर्ष ०७८/७९ मा ३१ अर्ब ४१ करोड ४७ लाख रुपैयाँ ऋण लिएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । राष्ट्र बैंकका बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले वैदेशिक अध्ययनका लागि जाने विद्यार्थीले ऋण लिने क्रम बढेको जनाए । उनले कतिपय विदेशी सम्बन्धनका कलेजले भने यहाँ कर्जा लिएर सटही गरी प्रयोग पनि गर्ने गरेका छन् ।

नेपालमा शैक्षिक संस्थाहरूले लिएको ऋण उच्च देखिए पनि नेपालको शिक्षा क्षेत्र जहाँको त्यहीँ रहेको छ । राष्ट्र बैंकले जनाए अनुसार शैक्षिक संस्था तथा विद्यार्थीले लिएको ऋण कसरी लगानी भइरहेको छ भन्न सक्ने अवस्था छैन । राष्ट्र बैंकका सूचना अधिकारी डा. पोखरेलले विद्यार्थीले लिएको ऋणको खासै प्रभावकारिता नदेखिएको बताए ।

पछिल्लो एक वर्षको अवधिमा विदेश अध्ययनमा जाने विद्यार्थीबाट १ खर्ब २५ अर्ब १३ करोड रुपैयाँ बाहिरिएको राष्ट्र बैंकको तथ्यांकले जनाएको छ । सो तथ्यांकका अनुसार ०८० साउनदेखि ०८१ असार मसान्तसम्ममा सो परिमाणको रकम बाहिरिएको छ । अघिल्लो वर्ष ०७९/८० मा एक खर्ब ४२ करोड रकम बाहिरिएको थियो । तर अघिल्लो वर्षको भन्दा ०८/८१ मा २४ अर्ब ८१ करोड रुपैयाँबढी रकम बाहिरिएको छ । वैदेशिक अध्ययनमा गएका प्रतिविद्यार्थी औसत १३ लाख रुपैयाँ खर्च हुने गरेको छ ।

पछिल्लो आर्थिक वर्षमा विदेश गएका मध्ये २८ हजार ८९१ विद्यार्थी व्यवस्थापन विषय अध्ययनका लागि गएका छन् । त्यस्तै, जापनिज भाषामा ३३ हजार ६९७, बिजनेस विषयमा १० हजार दुई, सूचना प्रविधिमा ५ हजार ९११, विज्ञानमा ५ हजार ३८४, कम्प्युटर साइन्समा ४ हजार ९९२, इन्जिनियरिङमा ४ हजार ४२६, स्वास्थ्य विषयमा ४ हजार १५९ र विज्ञान प्रविधि विषय अध्ययनका लागि ४ हजार १०२ नेपाली विदेशिएको तथ्यांक छ । त्यस्तै, हस्पिटालिटीमा २ हजार ५४३, मानविकीमा १ हजार ८१३, शिक्षाशास्त्रमा ४३६, कृषि विज्ञानमा ३९२ विद्यार्थी बाहिरिएका छन् । अधिकांश विद्यार्थीले विदेश जाँदा ऋण लिएर जाने गरेको देखिन्छ ।

Comment


Related News

Latest News

Trending News