अपडेट 
२०८१ भाद्र ४, मंगलवार ०७:२४

मधेश प्रदेशको मुख्यमन्त्री सतीशकुमार सिंहले आफ्नो मन्त्रीपरिषद्मा एकजना पनि दलित समावेश नगरेको भन्दै संयुक्त राजनीतिक दलित संघर्ष समिति सप्तरीले असन्तु्ष्टि प्रकट गर्दै आपत्ति जनाएको छ ।

सो समितिका अध्यक्ष भुवनेश्वर रजक सोमवार एक प्रेस विज्ञप्ति जारी गर्दै संविधानमा भएको व्यवस्था समेतको बेवास्ता र उल्लंघन गर्दै मन्त्रीपरिषद् मा दलित समुदायलाई वञ्चित गराएको आरोप लगाएका छन् । संविधानमा भएको समावेशिताको सिद्धान्तलाई मनन गर्दै मन्त्रीपरिषद्मा दलितलाई समेत समावेश गर्न प्रेस विज्ञप्ति मार्फत मधेश प्रदेश सरकारको ध्यानाकर्षण गराइएको छ । मुख्यमन्त्री सतिष कुमार सिंहलाई मंगलवार भेटेर यस वारे ध्यानाकर्षणको पत्र बुझाउने तयारी समेत भएको संयुक्त राजनीतिक दलित संघर्ष समितिले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News