२०८१ भाद्र ४, मंगलवार १९:२६

नेपालमा जारी यू– २० साफ च्याम्पियनसिपमा मंगलबार बंगलादेशले श्रीलंकालाई २-० ले पराजित गरेपछि नेपाल एक खेलअघि नै सेमिफाइनल प्रवेश गरेको छ।

यसअघि समूह ए को पहिलो खेलमा नेपालले श्रीलंकालाई १-० ले पराजित गरेको थियो।

बंगलादेशले पनि श्रीलंकालाई हराएपछि दुवै टोलीले समूहको अन्तिम खेल अघि नै सेमिफाइनलमा स्थान पक्का गरेका हुन्। लगातार दुई हारपछि श्रीलंका भने समूह चरणबाटै बाहिरिएको छ।

अब बिहीबार नेपाल र बंगलादेशबीचको खेलले समूह एको विजेताको टुङ्गो लाग्नेछ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा बंगलादेशले दुवै हाफमा एक-एक गोल गरेको थियो।

खेलको १७औं मिनेमा मिराजुल इस्लामले राबी होसेन राहुलको पासमा गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएका थिए। दोस्रो हाफमा पिएस अहमाद नोभाले बंगलादेशका लागि दोस्रो गोल गरे।

साफ यु-२० च्याम्पियनसिपमा शुक्रबार भुटान र माल्दिभ्सबीच खेल हुनेछ । भुटान पहिलो खेलमा भारतसँग १-० ले पराजित भएको थियो।

Comment

Related News

Latest News

Trending News