अपडेट 
२०८१ भाद्र ५, बुधबार ०८:३०

शरतसिंह भण्डारीलाई मन्त्री बनाएपछि फुटको संघारमा पुगेको लोकतान्त्रिक समाजवादी पार्टी नेपालले बल्ल जोगिएको छ । लोसपा नेपालका वरिष्ठ सहअध्यक्ष सर्वेन्द्रनाथ शुक्ला ‘कुल’ भएपछि फुटको संघारमा पुगेको लोसपा नेपाल जोगिएको छ ।

गत ३० असारमा वरिष्ठ नेता भण्डारीलाई मन्त्री बनाएपछि वरिष्ठ सहअध्यक्ष शुक्ला समूहले विद्रोह गर्ने धम्की नै दिएको थियो । अध्यक्ष महन्थ ठाकुरले वरिष्ठ सहअध्यक्ष शुक्लाको घरमै पुगेर लामो कुराकानी गरेपछि विवाद साम्य भएको छ । भण्डारीलाई मन्त्री बनाएपछि आफूलाई मन्त्री बनाउने वचन दिए पनि पूरा नभएको भन्दै शुक्लाले आफ्नो असन्तुष्ट जनाउँदै आएका थिए ।

मन्त्री बनाउँदा आफूसंग सल्लाह नगरेकोमा शुक्ला आक्रोशित थिए । उनीनिकट महासचिव मुकेश झाले पार्टीबाट अलग हुने सबै प्रक्रिया लगभग पूरा भएको बताउँदै आएका थिए । आफूले पार्टी विभाजन गर्छु भनेर कहिल्यै नभनेको र पदाधिकारी रुष्ट भएर बोलेको सुनेको शुक्लाले बताए । उनले भने, ‘कसको अर्को पार्टी खोल्ने तयारी थियो ? मेरो त तयारी थिएन । मैले सबै ठाउँमा विरोध गर्छु, विद्रोह गर्दिनँ भनेको छु,’ शुक्लाले अघि थप्दैँ भने, ‘दोस्रो दिनमा अधिकारको प्रयोग गरेर विरोध गर्छु भनेको थिएँ । हाम्रा पदाधिकारीहरू रुष्ट भएर बोलेका होलान् । मैले पनि पढेको थिएँ, मेले बोलेको छैन ।’ घरमा आएका अध्यक्ष ठाकुरलाई आफूले गलत कामको विरोध गर्ने कुरा राखेको उनले बताए ।

Comment


Related News

Latest News

Trending News