अपडेट 
२०८१ भाद्र ५, बुधबार ०८:३४

मुख्यमन्त्री सतीशकुमार सिंहले अनसनको कुनै औचित्य नरहेको बताएका छन् । उनले भने, ‘अभियन्ताहरुले प्रदेश सरकारलाई साउन २७ गते एक सूत्रीय माग राख्दै ज्ञापनपत्र बुझाएपछि त्यसको साउन ३० गते मन्त्रिपरिषद्को बैठकद्वारा संघीय सरकारलाई अभियन्ताहरुको मागका बारेमा ध्यानाकर्षण गराइसकेको स्थितिमा सामूहिक आमरण अनसन थाल्नु कुनै औचित्य छैन ।’

मुख्यमन्त्री सिंहले आफूहरुले अभियन्ताहरुको मागको सन्दर्भमा प्रधानमन्त्री एवं भौतिक पूर्वाधार मन्त्रालयलाई समेत जानकारी गराइसकेको अवस्थामा अभियन्ताहरुको आमरण अनसन स्टन्ट मात्रै भएको टिप्पणी गरे । उनले पूरानो पुलमा मुद्दा चलि राखेको र नयाँ पुलका लागि माटो परीक्षणदेखि डिपीआरसम्मको बजेट विनियोजन, तुरुन्तै हुने होइन, यसका विधि र प्रक्रियाहरु हुन्छ, आउने प्रदेशसभामा पनि आफूहरुले यस सम्बन्धमा छलफल गराउने पक्षमा रहेको अवस्थामा आन्दोलन थाल्नु कुनै अर्थ नभएको प्रस्ट्याए । उनले अभियन्ताहरुले सात दिनको अल्टिमेटम दिएको संवेदनशीलतालाई ध्यानमा राखेर नै प्रदेश सरकारले प्राविधिक टोली त्यसतर्फ अध्ययनका लागि लैजाने तयारी गरिरहेको अवस्थामा आन्दोलन थाल्नु सान्दर्भिक नरहेको टिप्पणी गरे ।

Comment


Related News

Latest News

Trending News