अपडेट 
२०८१ भाद्र ५, बुधबार ०९:१५

राजविराज स्थित एनआईसी एशिया बैंकले स्वास्थ्य वीमा वापत पाउनु पर्ने रकम नदिएको एक वचतकर्ताले गुनासो गरेका छन् ।

विभिन्न लोभ लाग्दो योजना ल्याएर ग्राहक संख्या बढाएको सो बैंकले १ वर्ष वित्न लाग्दा पनि प्रतिबद्धता अनुसारको रकम भुक्तानी गर्न आलटाल गरिरहेको राजविराज ७ निवासी ४४ वर्षिय रमाकान्त साहले गुनासो गरेका छन् । उनले बचत योजनाको स्वास्थ्य विमा कार्यक्रम अन्र्तगत आफुले पाउनु पर्ने स्वास्थ्य उपचार खर्च रकम दिन बैङ्कले विभिन्न बहाना देखाई आलटाल गरीरहेको गुनासो पोखे ।

१२ महिना अघि उनका पत्नी रागीनी कुमारी साहले सो बैंकको राजविराज शाखामा १ लाख रुपैयाँ जम्मा गरी स्वास्थ्य विमा सुविधा लाभ पाउने गरी डायमण्ड बचत खाता खोलेका थिए । उक्त बचत खाता योजना अन्तर्गत खाताधारी सहित उनका परिवारका ४ जना सदस्य मध्ये कोही विरामी पर्दा उपचार खर्च दाबी गर्न सकिने व्ययस्था र सुविधा रहेको जनाइएको थियो । संयोगले १२ महिना अघि रागिनीका पति रमाकान्त विरामी परे । उनको गजेन्द्र नारायण सिंह अस्पतालमा उपचार गरिएको थियो । उनी अहिले महिनै पिच्छे स्वास्थ्य परिक्षणका लागी अस्पताल पुग्ने गरेका छन । तर बैंकबाट हाल सम्म एक सुको पनि नपाएको उनको गुनासो छ ।

साहले उपचारका क्रममा भएको खर्च ९ हजार ३ सय ६७ रुपैयाँको विल सहित आवश्यक सम्पुर्ण कागजात बुझाई सकेका छन । तर बैङ्कले प्रक्रिया मै रहेको त कहिले फाईल पत्ता लगाएर भन्छु भन्दै फर्काउने गरेको साह परिवारको गुनासो छ । पहुँच र भनसुनका आधारमा एकाधले उक्त बचत योजनाको लाभ पाएपनि धेरै जसो बचतकर्ता पटयारलाग्दो पर्खाइमा रहेको बुझिएको छ ।

यता बैंकका शाखा प्रबन्धक इश्वर यादवले डायमण्ड बचत योजना अन्तर्गत साहले पाउनु पर्ने उपचार खर्च हाल सम्म किन पाउन सकेन भन्ने बारे केन्द्रसंग बुझ्ने काम भइरहेको बताएका छन् ।

Comment


Related News

Latest News

Trending News