अपडेट 
२०८१ भाद्र ५, बुधबार १८:४६

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कांग्रेस एमाले गठबन्धन लामो समयसम्म नटिक्ने दाबी गरेका छन् । बागमती प्रदेशस्तरीय परामर्श समितिको बैठकमा बोल्ने क्रममा उनले माओवादीले सरकारलाई प्राथमिकता नराखेको बताए ।

उनले भने, ‘सरकारमा हामी तत्काल जाँदैनौं । सरकारमा जाँदै नजाने भन्ने नीति चाहिँ होइन तर हामीले सरकारलाई प्राथमिकतामा राखेका छैनौं । कांग्रेस एमालेभित्रको अहिलेको छाँटकाँट हेर्दा धेरै अगाडि जाने देखिँदैन ।’

उनले कांग्रेस एमालेका नेताहरुलाई बुझ्दा लामो समयसम्म मिलेर सरकार चलाउन नसक्ने उनको भनाइ छ ।

Comment


Related News

Latest News

Trending News