अपडेट 
२०८१ भाद्र ६, बिहीबार ०७:५८

धनुषा–सिरहा जोड्ने हुलाकी राजमार्ग अन्तर्गतको निर्माणाधीन कमला पुलको कार्य सम्पन्न नहुँदा सर्वसाधारणहरूलाई सास्ती भोग्नु परिरहेको छ ।

१३ वर्ष अघि नै कमला नदीमा पुल निर्माण कार्य सम्पन्न भएर उद्घाटनको अवस्थामा रहेको बेला सिरहातर्फका दुई वटा पिलर भासिएपछि आवतजावतमा यात्रुहरुलाई सास्ती भोग्नु परिरहेको छ । कमला पुल भासिए पनि जोखिमपूर्ण यात्राका लागि दुवैतर्फका यात्रुहरुलाई बाँसको लचका र भ¥याङको प्रयोग गरी जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको छ ।

हुलाकी सडक आयोजना अन्तर्गत निर्माण भएको सो पुलको निर्माण गर्ने कम्पनी माथि मुद्दा दायर पनि भएको छ । अदालतमा मुद्दा भएको कारणले पुलको निर्माण कार्य नै अवरुद्ध भएको छ । सो पुल मापदण्ड अनुसार नभएकाले मर्मतसम्भारसमेत हुन नसकेको इन्जिनियर प्रवीण यादवले जानकारी दिए । वर्षायामको समयमा सर्वसाधारणहरू ढुंगाको प्रयोग गरेर वा कमला पुलभन्दा तीन किलोमिटर दक्षिण तर्फ निर्माण भएको झोलुंगे पुल भएर जोखिमपूर्ण रुपमा यात्रा गर्ने गरेका छन् ।

बाँसको भ¥याङबाट जोखिमपूर्ण यात्रा गर्दा कतिपय पैदलयात्रीहरु लडेर घाइते हुने गरेको स्थानीय शिवजी रायले बताए । यता वर्षातयाममा कमला नदिमा केही स्थानीय यूवाहरुको एक समूहले जोखिमपूर्ण यात्राका लागि बाँसको लामो अस्थायी पुल बनाएको छ । सो बाँसको पुलबाट मोटरसाइकल र पैदल यात्री जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । पिलर भासिएपछि निर्माण कम्पनीले मापदण्ड अनुसार पुल निर्माण नगरेको भन्दै छानबिन गरी कारबाही गर्न धनुषा– सिरहाका युवाहरू महिनौँसम्म आन्दोलन गर्दै आएका छन् ।

Comment


Related News

Latest News

Trending News