अपडेट 
२०८१ भाद्र ६, बिहीबार ०८:१२

धनुषा–सिरहा जोड्ने कमला नदीमा नयाँ पुल निर्माणको माग गर्दै दोश्रो दिन पनि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् को कार्यालय अगाडि सामूहिक आमरण अनसनमा बसेका तीनजनाको अस्वस्थ भएका छन् ।

सामूहिक आमरण अनसन बसेका तीनजनाको स्वास्थ्य अवस्था बिग्रिदै गएको छ । मंगलबार दिउँसो अनशनकारीमध्येका औरही गाउँपालिका– ३ का वडा अध्यक्ष जीवछ यादव, सिरहा नगरपालिका– ४ का वडा अध्यक्ष मोहम्मद समशाद आलम र सिरहा पुस्तकालयका कार्यवाहक अध्यक्ष भोगेन्द्र साह अस्वस्थ्य भएपछि चिकित्सकहरुको एक टोलीले उपचार गरेका छन् ।

उनीहरु बुधबार दिउँसो एक बजेदेखि सामूहिक आमरण अनसनमा बसेका थिए । सिरहा नगरपालिकाका इन्जिनियर प्रवीणकुमार यादवको अगुवाइमा सिरहा नगरपालिका र औरही गाउँपालिकाका १० जना जनप्रतिनिधि तथा स्थानीयवासी सामूहिक आमरण अनसन थालेका छन् । बाढीले भत्काएको निर्माणाधीन पुलमा अनेकन प्राविधिक त्रुटि रहेको र सो पुलमा मुद्दा पनि चलिरहेको भन्दै मधेश प्रदेश सरकारसंग नयाँ पुल निर्माणको माग्दै सामूहिक आमरण अनसन मंगलबारदेखि थालेका छन् ।

भदौँ ४ गतेदेखि जनप्रतिनिधि, कर्मचारी र सामाजिक अभियानीहरुको १० सदस्यीय टोली सामूहिक आमरण अनसनमा बसेको छ । हुलाकी सडक अन्तरगत कमला पुल निर्माण संघर्ष समितिका संयोजकसमेत रहेका सिरहा नगरपालिकाका इन्जिनियर प्रवीण कुमार यादवको नेतृत्वमा सुरु भएको अनसनमा सिरहा पुस्तकालयका कार्यवाहक अध्यक्ष भोगेन्द्र यादव, सिरहा नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष इन्द्रजीत यादव, वडा नम्बर ४ का वडा अध्यक्ष मोहम्मद समशाद आलम, औरही गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष सुरेन्द्र कुमार यादव, स्थानीय मनिष कुमार यादव, इन्जिनियर शैलेन्द्र यादव, सिरहा नगरपालिका वडा नम्बर ८ का सदस्य इन्जिनियर रुपेश यादव र इन्जिनियर शिवशंकर यादव, औरही गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष जीवछ यादव सहभागी रहेका छन् ।

Comment


Related News

Latest News

Trending News