अपडेट 
२०८१ भाद्र ६, बिहीबार १९:२३

सङ्क्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयक राष्ट्रियसभाबाट पारित भएको छ ।

आज बसेको राष्ट्रिय सभाको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव राख्नुभएको थियो । प्रस्ताव राष्ट्रियसभाले सर्वसम्मत रूपमा पारित गरेको हो । याे विधेयक प्रतिनिधिसभाबाट गएको साउन ३० गते पारित भएको थियो ।

प्रतिनिधिसभामा उत्पत्ति भएको याे विधेयक अब सभामुख देवराज घिमिरेबाट प्रमाणित भएर प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष जानेछ । राष्ट्रपतिबाट प्रमाणीकरण भएसँगै याे ऐन कार्यान्यवनमा आउनेछ ।

Comment


Related News

Latest News

Trending News