२०८१ भाद्र ७, शुक्रबार १३:३३

तनहुँको ऐनापहरामा भएको बस दुर्घटनामा १४ जनाको मृत्यु भएको छ।

सशस्त्र प्रहरी बल (एपीएफ) प्रवक्ता कुमार न्यौपानेले अहिलेसम्म १४ जनाको शव निकालिएको जानकारी दिए।

भीर भएका कारण तुइन रोपको सहायताले बास्केट स्टेचरमा राखेर घाइते र मृतकलाई सडकसम्म ल्याउने काम भइरहेको एपीएफले जनाएको छ। उद्धारमा १० गोताखोरसहित सशस्त्र प्रहरीको ८० जनाको टोली खटिएको छ। प्रहरी पनि उद्धारमा खटिएको छ।

बस सडकभन्दा करिब एक सय ५० मिटर तल मर्स्याङ्दी नदीमा खसेको थियो। बस अझै पनि पानीमै छ।

प्रारम्भिक रूपमा बसमा ३५ जना भएको जानकारी पाइएको छ। १५ जनालाई घाइते अवस्थामा निकालिएको बुझिएको छ। प्रारम्भिक जानकारीअनुसार ६ जना नदीमा बेपत्ता छन्।

Comment

Related News

Latest News

Trending News