अपडेट 
२०८१ भाद्र ७, शुक्रबार १९:१४

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनीनजिकै भारतीय बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या २७ पुगेको छ ।

शुक्रबार बिहान आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐना पहराबाट यात्रुबाहक बस मर्स्याङ्दी नदीमा खस्दा ज्यान गुमाउनेको संख्या २७ पुगेको तनहुँका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताए ।

पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको युपी ५३ एफटी ७६२३ नम्बरको बस मर्स्याङ्दीमा खस्दा सुरुमा १४ जनाले ज्यान गुमाएका थिए ।

प्रजिअ गौतमका अनुसार शुक्रबार साँझसम्म उपचारका लागि अस्पतालमा पुर्‍याइएकासहित ज्यान गुमाउनेको संख्या २७ पुगेको हो।

गौतमका अनुसार ज्यान गुमाउनेमा १५ महिला र ११ पुरुष रहेका छन् । त्यसैगरी एकजना बालकको पनि दुर्घटनामा ज्यान गएको छ ।

बसमा सबैजना भारतीय पर्यटक सवार थिए । भैरहवा नाका हुँदै छिरेको उक्त बसमा ४३ जना सवार रहेको खुलेको छ । दुर्घटनामा घाइते भएका १६ जनालाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको थियो । उपचारका लागि ल्याइएका थप यात्रुले पनि ज्यान गुमाएका छन् ।c

Comment


Related News

Latest News

Trending News