अपडेट 
२०८१ भाद्र ८, शनिबार ०७:५१

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वर्तमान सरकार मुलुकको अग्रगतिका लागि बनेको बताएका छन् ।

स्थिर सरकार नबन्दा जनतामा बढेको निराशा चिर्न वर्तमान गठबन्धन सरकार बनेको उनको भनाइ छ । वैदेशिक रोजगार विभागले शुक्रबार बर्दिबासमा आयोजना गरेको रोजगार अनुमति प्रणाली (इपिएस) सम्बन्धी छलफल कार्यक्रममा उनले वर्तमान गठन्धनको सरकार बनेदेखि नै जनतामा अब राजनीतिक स्थायित्व हुने आशा जागेको पनि उल्लेख गरे । उनले भने, “जनतामा एउटा भरोसा जागेको छ, अब सरकार र राजनीतिक दलले त्यो भरोसालाई विश्वासमा परिणत गरेर देखाउनुपर्छ ।” वैदेशिक रोजगारीमा जाने मधेसको संख्या उल्लेख्य भए पनि त्यो खाडी मुलुक र मलेसियामा सीमित रहेको भन्दै उनले आकर्षक रोजगारको अवसरमा सबैको पहुँच बढाउन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मातहतको वैदेशिक रोजगार विभागले सचेतना बढाउन जरुरी रहेको धारणा राखे ।

सो कार्यक्रममा इपिएसमार्फत दक्षिण कोरिया जान चाहने नेपाली नागरिकका लागि अनिवार्य मानिने कोरियन भाषा परीक्षा र यससँग जोडिएका प्रक्रियाबारे श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले जानकारी गराए । सो कार्यक्रममा मधेश प्रदेशका श्रम तथा यातायातमन्त्री कौशलकिशोर राय, शिक्षा तथा संस्कृती मन्त्री रानी कुमारी तिवारी र जिल्ला समन्वय समिति महोत्तरीका प्रमुख सुमनकुमार लाल कर्णसहितकाले वैदेशिक रोजगारी क्षेत्रका चुनौती र अवसरबारे चर्चा गरेका थिए ।

सो कार्यक्रममा मधेश प्रदेशसभाका सदस्यहरू जयनुल अन्सारी, रमिला प्रधान र शारदा थापा, महोत्तरीका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, महोत्तरीका १५ वटै स्थानीय तहका प्रमुख, रोजगारसम्बन्ध संस्था (म्यानपावर) का प्रतिनिधिको सहभागिता रहेको थियो ।

Comment


Related News

Latest News

Trending News