अपडेट 
२०८१ भाद्र ८, शनिबार १२:२९

आँबुखैरेनी दुर्घटनाका घाइते भेट्न भारतबाट केन्द्रीय युवा तथा खेलकुद राज्यमन्त्री रक्षा खडसे नेपाल आएकी छन् ।

शुक्रबार तनहुँको आँबुखैरेनी गाउँपालिका-२ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा भएको बस दुर्घटनामा घाइते यात्रीहरूलाई भेट्न र मृतक शवहरू लिएर जान उनी नेपाल आएकी हुन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीको निर्देशनमा राज्यमन्त्री खडसे आज काठमाडौं आएकी छन् । उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएलगत्तै घाइतेहरूको अवस्था बुझ्न त्रिवि शिक्षण अस्पताल गएकी हुन् ।

घाइते १६ भारतीय यात्रीको महाराजगंजस्थित टिचिङ अस्पतालमा उपचार हुँदैछ । घाइते यात्रुको उपचारको लागि टिचिङ अस्पताल प्रशासनले विशेष व्यवस्था गरेको छ । दुर्घटनामा परेर सामान्य घाइते भएका ३ जनालाई काठमाडौँस्थित भारतीय दूतावासको समन्वयमा गोरखा निवास गेस्ट हाउसमा राखिएको छ ।

पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट युपी ५३ एफटी ७६२३ नम्बरको बस मर्स्याङ्दी नदीमा खस्दा २७ जनाको मृत्यु भएको थियो ।

Comment


Related News

Latest News

Trending News