अपडेट 
२०८१ भाद्र ९, आईतवार ०८:२०

जनता समाजवादी पार्टी नेपालले मधेश प्रदेशको राजधानी जनकपुरधाममा भदौँ १५ गते अभिमुखिकरण कार्यक्रम गर्ने निर्णय गरिएको छ ।

जनकपुरधाममा शनिबार जसाप नेपाल मधेश प्रदेशको बैठकबाट केन्द्रीय समितिले हालै गरेको निर्णय अनुसार जनतासंग जसपा नेपालः आधारभूत संगठन निर्माण अभियान अन्तर्गत जनकपुरधाममा भदौँ १५ गते अभिमुखिकरण कार्यक्रम गर्ने निर्णय भएको जसपा नेपाल मधेश प्रदेशका प्रदेश अध्यक्ष बालकिशोर प्रसाद यादवले जानकारी दिए ।

जसपा नेपालको अध्यक्ष उपेन्द्र यादवले सो अभिमुखिकरण कार्यक्रमलाई उद्घाटन गर्ने उनले बताए । जसपा नेपालको मधेश प्रदेश समिति, जिल्ला समिति र स्थानीय स्तरका नेताहरूले आ–आफ्नो स्तरबाट सार्थक प्रयास गर्ने कुरामा जोड दिएको छ । जसपा नेपाल मधेश प्रदेश समितिको बैठकबाट अभिमुखिकरण कार्यक्रमको संयोजकमा प्रदेश सांसद रामअशिष यादवलाई चयन गरिएको छ ।

सो बैठकमा मधेश प्रदेशका कार्यकारिणी सदस्य प्रदेश सांसद रामअशिष यादव, पूर्वराज्य मन्त्री, प्रदेश सांसद अबदुल कलाम, प्रदेश सांसद शाहिदा खातुन, कार्यकारिणी सदस्यहरु रामप्रीत पासमान, सुशील यादव, रेणु यादव, निर्मला यादवसहित प्रदेश कार्यकारिणी सदस्य्, प्रदेश सदस्य र ८ वटा जिल्ला अध्यक्षहरुको सहभागिता रहेका छन् ।

सो अभिमुखिकरण कार्यक्रममा सप्तरी, सिरहा, धनुषा, महोत्तरी र सर्लाही जिल्ला अन्तर्गतका संघीय सांसद, प्रदेश सांसद, केन्द्रीय सदस्य, प्रदेश कार्यकारिणी, प्रदेश सदस्य, जिल्ला अध्यक्ष, क्षेत्रीय अध्यक्ष, पदाधिकारी, सदस्य, नगर अध्यक्ष, पदाधिकारी, वडा समिति अध्यक्ष, पदाधिकारीसहित पार्टीबाट निर्वाचित जनप्रतिनिधि र जनवर्गीय संगठनका अध्यक्ष तथा पदाधिकारीहरुसहितका अगुवा नेताहरुको सहभागिता हुने छ ।

जनतासंग जसपा, नेपालःआधारभूत संगठन निर्माण अभियान कार्यक्रम अन्तर्गत संगठन विस्तार, नयाँ सदस्यता वितरण, नवीकरण, प्रशिक्षण, अन्तरक्रिया, जनसभा, गोष्ठीसहितका कार्यक्रमहरु गर्ने श्रावण २७,२८,२९ गते काठमाण्डुमा बसेको केन्द्रीय समितिको बैठकबाट निर्णय भएको थियो ।

Comment


Related News

Latest News

Trending News