अपडेट 
२०८१ भाद्र ९, आईतवार १७:२८

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले ठूला भनिएका दलहरुकै कारण मुलुकमा राजनीतिक अस्थीरता पैदा भएको बताउनुभएको छ ।

आइतबार काठमाडौंमा जनतासंग जसपा नेपाल, अभियान्ता अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष यादवले राजनीतिक अस्थीरताका लागि एक अर्कालाई दोष थुपार्ने काम भएपनि ठूला भनिएका दलहरुकै कारण अस्थीरता पैदा भएको बताउनुभएको हो । उहाले राजनीतिक स्थीरताका लागि भन्दै संविधान संशोधनमार्फत समानुपातीक समावेशी हटाउन खोजिए स्वीकार्य नहुने चेतावनी दिनुभयो । अहिलेको प्रणालीलाई बलियो बनाउनका लागि पहिचान र सामथ्र्यका आधारमा राज्यको पुर्नसंरचना गर्नुपर्ने, प्रदेशलाई अधिकारसम्पन्न बनाउनुपर्ने र जनतालाई आत्मनिर्णयको अधिकार दिनुपर्ने उहाले बताउनुभयो । उहाले ठूला दलहरुबाट अव मुलुकको अवस्था सुधार नहुने भएकाले आफुहरु बलियो भएर आउनुपर्नेमा जोड दिनुभयो । यसैका लागि जनतालाई संगठित गर्न चार महिने जनतासंग जसपा नेपाल, अभियान चलाएको उहाले जानकारी दिनुभयो ।

सो अभियानपछि मुलुकलाई जोगाउनका लागि सडक संघर्षमा जानैपर्ने उहाले बताउनुभयो ।

Comment


Related News

Latest News

Trending News