अपडेट 
२०८१ भाद्र १०, सोमबार १३:२४

हिजो एकैदिन एक हजार रुपैयाँले बढेको सुन आज एक सय रुपैयाँले घटेको छ ।

आज सुनको भाउ एक सय रुपैयाँले घटेर ताेलाकाे एक लाख ५२ हजार तीन सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ एकैदिन एक हजार रुपैयाँले बढेर ताेलाकाे एक लाख ५२ हजार चार सय रुपैयाँ पुगेको थियो ।

त्यस्तै आज चाँदीकाे भाउ पनि घटेकाे छ । चाँदी भाउ १० रुपैयाँले घटेर ताेलाकाे एक हजार आठ सय ४० रुपैयाँमा काराेबार भइरहेकाे महासङ्घले जनाएको छ ।

Comment


Related News