अपडेट 
२०८१ भाद्र १०, सोमबार १८:५६

डिफेन्डिङ च्याम्पियन भारतलाई हराउँदै बंगलादेश साफ यु–२० च्याम्पियनसिपको फाइनल प्रवेश गर्न सफल भएको छ ।

सोमबार सातदोबाटोस्थित मैदानमा भएको खेलको छिनोफानो पेनाल्टी सुटआउटमा हुँदा बंगलादेशले भारतलाई ४-३ गोलले हराएको हो । यसअघि खेलको निर्धारित समय १-१ गोलको बराबरीमा सकिएपछि निर्णय पेनाल्टी सुटआउटमा गरिएको हो ।

यससँगै यस संस्करणले नयाँ च्याम्पियन पाउने भएको छ। गत संस्करणमा भारतले पेनाल्टी सुटआउटमा बंगलादेशलाई पराजित गर्दै उपाधि जितेको थियो।

उक्त हारको बदला पनि बंगलादेशले लिएको छ । अब बुधबार हुने उपाधि भिडन्तमा नेपाल र बंगलादेश भिड्ने भएका छन् ।

नेपालले आइतबार भएको पहिलो सेमिफाइनलमा भुटानलाई पेनाल्टी सुटआउटमै हराउँदै फाइनल यात्रा तय गरिसकेको छ ।

Comment


Related News

Latest News

Trending News