अपडेट 
२०८१ भाद्र ११, मंगलवार ०७:३०

पर्सा प्रहरीले वीरगञ्जबाट एक महिलालाई लागू औषधसहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुर हेटौँडा महानगरपालिका–११ भ¥याङ टोलकी २३ वर्षीया सुस्मिता परियार रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । उनलाई शनिबार साँझ नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले वीरगञ्ज भन्सार गेटबाट पक्राउ गरेको थियो ।

शंकास्पद अवस्थामा भारतको रक्सौलबाट वीरगञ्जतर्फ पैदल आउँदै गरेकी परियारलाई प्रहरीले रोकी खानतलासी गर्दा उनले तीघ्रामा सेतो टेपले बेरी लुकाईछिपाई राखेको अवस्थामा विभिन्न प्रकारका प्रतिबन्धित लागू औषध फेला परेका थिए । आरोपित परियारकिो साथबाट नुफिन –१० एम्पलु, फेनारगेन –१० एम्पलु र डाइेजपाम–१० एम्पुल फेला परेको थियो ।

उनीविरुद्ध लागू औषधसम्बन्धी कसुरमा जिल्ला अदालतबाट तीन दिन म्याद थप गरी आवश्यक अनसन्धान कार्य भइरहेको पर्सा प्रहरीको प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक दीपक भारतीले बताए ।

Comment


Related News

Latest News

Trending News