अपडेट 
२०८१ भाद्र १२, बुधबार १८:०३

जनता समाजवादी पार्टी, नेपालका सांसद राजकिशोर यादवले सरकारले एउटा पनि गणना गर्न लायक काम गर्न नसकेको टिप्पणी गरेका छन् ।

केपी ओली नेतृत्वको सरकार बनेयता औँलामा गन्न सकिने कुनै एउटा पनि काम हुन नसकेको उनको भनाई थियो ।

बुधवार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद यादवले सरकारले गफ भने ठूलोठूलो लगाउने गरेपनि काम केही पनि गर्न नसकेको बताए ।

यो सरकार बनेको दिनदेखि अहिलेसम्म हेर्दा गफ ठूलो गर्ने तर काम चाहीँ एउटा पनि औँलामा गन्नसक्ने खालको नभएको सांसद यादवले दाबी गरे ।

उनले संविधानको आत्माको रुपमा रहेको समावेशितालाई उल्लंघन गरेर सरकारले राजदुत नियुक्ति गरेको पनि दोहो¥याए ।

सांसद यादवले सरकारलाई असफल हुने कुनैपनि छुट नरहेको जिकिर पनि गरे ।

Comment


Related News

Latest News

Trending News