
सुनको भाउले फेरि नयाँ रेकर्ड बनाएको छ ।
आज सुनको भाउ तोलामा एक सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च तोलामा एक लाख ५३ हजार दुई सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यसअघि हिजो तोलाको एक लाख ५३ हजार एक सय रुपैयाँ पुगेर सुनको भाउले रेकर्ड बनाएको थियो । आज फेरि सुनको भाउले अर्को रेकर्ड बनाएको हो ।
त्यस्तै आज चाँदीको भाउ भने २० रुपैयाँले घटेको छ । हिजोे तोलाको एक हजार आठ सय ५५ रुपैयाँ रहेको चाँदीको भाउ आज तोलामा २० रुपैयाँले घटेर एक हजार आठ सय ३० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।