२०८१ भाद्र १३, बिहीबार १६:३५

राष्ट्रपति रामचन्द्र पौडेलले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयक २०८१ प्रमाणीकरण गरेका छन्।

राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार बिहीबार राष्ट्रपति पौडेलले विधेयक प्रमाणीकरण गरेका हुन्।

सभामुख देवराज घिमिरेले बुधबार उक्त विधेयक प्रमाणित गरेर राष्ट्रपति कार्यालय  पठाएका थिए।

यो विधेयक प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पारित भइसकेको थियो।

साउन ३० गते प्रतिनिधि सभाबाट पारित भएको उक्त विधेयक राष्ट्रिय सभाबाट भदौ ६ मा पारित भएको थियो।

अब यो विधेयक नेपाल राजपत्रमा प्रकाशित भएपछि कानुनको रूप लिनेछ।

Comment

Related News

Latest News

Trending News