अपडेट 
२०८१ भाद्र १३, बिहीबार १८:५३

आम जनता पार्टी (आजपा) ले आन्दोलनका लागि नेताहरूको जिम्मेवारी बाँडफाँट गरेको छ । दुई दिनसम्म काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा चलेको बैठकले नेताहरूको जिम्मेवारी बाँडफाँट गरेको हो ।

पार्टीले तय गरेको आगामी आन्दोलनलाई थप बलियो, व्यवस्थित बनाउनका लागि बैठकले विभिन्न प्रदेशको इन्चार्ज र अध्यक्षको जिम्मेवारी तोकेको अध्यक्ष प्रभु साहले जानकारी दिए । उनका अनुसार कोशी प्रदेशको इन्चार्जमा बिल्टु यादव र अध्यक्षमा जुरीलाल मोचीलाई जिम्मेवारी दिइएको छ । मधेस प्रदेशमा इन्चार्जमा उपेन्द्र साह र अध्यक्षमा उमेश कुशवाहा, बागमतीमा इन्चार्ज ज्ञानेन्द्र तामाङ र अध्यक्षमा रमेश थपलिया, गण्डकी प्रदेशमा इन्चार्जमा तिलक थापामगर र अध्यक्षमा भोजराज त्रिपाठीलाई जिम्मेवारी तोकिएको छ ।

यसैगरी लुम्बिनी प्रदेशमा इन्चार्जमा त्रिभुवन साह र अध्यक्षमा नारायण पाण्डेय, कर्णाली प्रदेशमा इन्चार्ज तिलक थापा र अध्यक्षमा सागर पाण्डेय, सुदूरपश्चिम प्रदेशमा इन्चार्ज समिना हुसैन र अध्यक्षमा भीम बुढा क्षेत्री र काठमाडौँ उपत्यका विशेष कमिटीको इन्चार्जमा त्रिभुवन साह र अध्यक्षमा देवी पण्डितलाई जिम्मेवारी तोकिएको छ ।

यसैगरी पार्टीको विभिन्न महत्त्वपूर्ण विभागमा समेत जिम्मेवारी तोकिएको छ । जसअनुसार विदेश विभागको इन्चार्जमा त्रिभुवन साह र अध्यक्षमा साजन जयसवाल, स्कुल विभागको इन्चार्जमा तिलक थापा मगर र अध्यक्षमा उदयचन्द्र प्रसाद, प्रचार प्रसार तथा प्रकाशन विभागको इन्चार्जमा चन्द्रभुषण साह र अध्यक्षमा मोहनजंग कार्की, महिला विभागको इन्चार्जमा कान्तिदेवी महतो र अध्यक्षमा सिमल साह, लेखा तथा अर्थ विभागको इन्चार्जमा नारायण श्रेष्ठ र अध्यक्षमा रञ्जु साहलाई जिम्मेवारी बैठकले तोकेको छ ।

‘बैठकबाट पार्टी केन्द्रीय समितिलाई पुनर्गठन गरिएको छ । साथै, प्रदेश लगायतका अन्य कमिटीहरूलाई पनि पुनर्गठन गर्ने, कमिटी गठन नभएका ठाउँहरूमा कमिटी गठन गर्ने तथा जबसहरुको पुनर्गठन र राष्ट्रिय भेला एवं सम्मेलनहरूको आयोजनामार्फत हाम्रा घोषित सङ्घर्ष एवं आन्दोलनका कार्यक्रमहरुको सफलताको आधारलाई थप सृदृढ/मजबूत गर्ने निर्णय गरिएको छ’ आजपाको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

३ असोजमा संविधानको अन्त्येष्टि यात्रा निकाल्ने

आजपाको बैठकबाट सातै प्रदेशमा आउँदो ३ असोजमा संविधानको अन्त्येष्टि यात्रा निकाल्ने निर्णय समेत भएको छ ।

दलतन्त्रको विरुद्धमा र शासन सत्तामा आम जनताको सहभागिताका लागि तेस्रो जनआन्दोलनको उदघोषण गरेका आजपा अध्यक्ष साहले सरकारमा भ्रष्टहरूको बाहुल्यता रहेको भन्दै त्यसलाई रोक्दै आन्दोलनमा जानुको विकल्प नभएको बताए ।

यसैगरी बैठकले विश्वस्तरमा फैलिएको आम नेपाली जनतालाई एकताबद्ध गर्न तथा पार्टीको संगठन सञ्जाललाई थप प्रभावकारी एवं विस्तार गर्न प्रवासको जिम्मेवारी समेत नेताहरूलाई तोकेको छ ।

जसअनुसार भारतको इन्चार्जमा विजय यादव, अध्यक्षमा केवी रावत, मलेसियाको इन्चार्जमा उमेश कुशवाहा र अध्यक्षमा जितेन्द्र यादव, खाडी मुलुकको इन्चार्जमा लालबाबु मंसुर र अध्यक्षमा जागेश्वर क्षेत्री, अस्ट्रेलियाको इन्चार्जमा तिलक थापा र अध्यक्षमा ध्रुव गौतम, अमेरिकाको इन्चार्जमा ज्ञानेन्द्र तामाङ र अध्यक्षमा सुलभ कार्कीलाई जिम्मेवारी तोकिएको छ ।

Comment


Related News

Latest News

Trending News