अपडेट 
२०८१ भाद्र १४, शुक्रबार ०७:०५

अत्यन्तै महँगो निर्वाचन हुने जनकपुरधाम उद्योग वाणिज्य संघमा १५ पदका लागि ४४ जनाले उम्मेदवारी दिने भएका छन् ।

जनकपुरधाम उद्योग वाणिज्य संघमा कुल ४ हजार ७६ मतदाता रहेका छन् । भदौँ २९ गते मतदानको तिथि निर्धारण गरिएको छ । शुक्रवार उम्मदेवारहरुले मनोनयन पत्र दाखिला गर्ने छन् । त्यसका लागि बिहीबार मनोनयन पत्र खरिद गरेकाहरुले मात्र उम्मेदवारी दिन पाउने छन् । जनकपुरधाम उद्योग वाणिज्य संघका अधिकृत मनोज कुमार महासेठले जनाए अनुसार अध्यक्ष पदका लागि ३ जनाले मनो नयन पत्र खरिद गरेका छन् ।

मनिष कुमार साह, जितेन्द्र प्रसाद साह र सुरेन्द्र भण्डारीले अध्यक्षमा उम्मेदवारी दिने भएका छन् । मनिष वर्तमान वरिष्ठ उपाध्यक्ष, जितेन्द्र पूर्व वरिष्ठ उपाध्यक्ष र भण्डारी पूर्व उपाध्यक्ष हुन् । तीनै जनाले अध्यक्ष पदका लागि प्रतिष्पर्धा गर्ने भएका छन् । त्यसैगरी १ जना वरिष्ठ उपाध्यक्षका लागि मनोज कुमार साह, विकास कुमार चौधरी र अम्भु प्रसाद साहले उम्मेदवारी दिने भएका छन् । तीनैजनाले वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिन मनोनयन फार्म खरिद गरेका छन् ।

त्यसैगरि १ जना खुला उपाध्यक्षका लागि लक्ष्मण साह र विश्वनाथ साह सुडीले उम्मे दवारी दिने भएका छन् । खुला उपाध्यक्षमा सो झो प्रतिस्पर्धा हुने सम्भावना छ । तर महिलाका लागि आरक्षित १ उपाध्यक्षमा भने ३ जनाले उम्मेदवारी दिने भएका छन् । रिंकु साह, माया कुमारी र सरिता ठाकुरले उम्मेदवारी दिन फारम लगेको निर्वाचन समितिले जनाएको छ । तर १ जना महासचिवका लागि ४ जनाले उम्मेदवारी दिने तयारी गरेका छन् ।

हाल सचिव रहेका फुलदेव पण्डित, गणेश कुमार साह, अशोक कुमार चौधरी र सुधिर पजियारले उम्मेदवारी दिने भएका छन् । त्यसैगरि १ सचिव पदका लागिपनि ४ जनाले उम्मेदवारी दिने तयारी गरेका छन् । नरेन्द्र बिक्रम साह, राकेश पजियार, श्रवण कुमार साह र गोपी कुमार साहले उम्मेदवारी फारम लगेको बताइएको छ ।

जउवा संघको १ जना कोषाध्यक्षका लागि ४ जनाले उम्मेदवारी दिने तयारी गरेका छन् । संघले जनाए अनुसार रामचन्द्र पँजियार, मनो ज कुमार शर्मा, राकेश कुमार साह र परमेश्वर साहले उम्मेदवारी दिने भएका छन् । परमेश्वर साह वर्तमान कोषाध्यक्ष हुन् । १ जना एसोसिएट सदस्य पदका लागि २ जना दीपक कुमार साह र अभिषेक कुमार चौधरीले प्रतिस्पर्धा गर्ने भएका छन् ।

सर्वाधिक प्रतिष्पर्धा कार्यकारिणी समितिको सदस्य पदका लागि हुने भएको छ । ६ पदका लागि १७ जनाले उम्मेदवारी दिने भएका छन् । उम्मेदवारी दिने तयारी गर्नेहरुमा रमेश महतो, सन्तोष कुमार गामी, मणिशंकर प्रसाद साह, दुर्गेश कुमार साह, दीपमणि साह, प्रवीण कुमार साह सोनार, सुरेन्द्र दास, धर्वे न्द्र साह, गौरीशंकर साह, निरज कुमार साह, रामजिवन साह, राकेश कुमार साह, जिवछ साह, बलराम कुमार साह, ध्रुव कुमार साह, सुनिल दास कथवनिया र दिलिप कुमार साह रहेका छन् ।

मुर्गा व्यवसायीको भाउ कडा

जउवा संघको संस्थागत सदस्यहरु मध्ये १ जना सदस्य चुनिन्छ । संघमा जनकपुर कपडा तथा रेडिमेड व्यवसायी संघ, जनकपुर सुन चाँदी व्यवसायी संघ र कुखुरा व्यवसायी संघ सदस्य रहेका छन् । त्यसमध्ये कपडा र सुनचाँदी व्यवसायी संघले उम्मेदवारी दिएका लागि मुर्गा व्यवसायी संघको भाउ आकासिएको छ । मुर्गा व्यवसायीको मतले नै जित हार हुनेछ ।

Comment


Related News

Latest News

Trending News