अपडेट 
२०८१ भाद्र १४, शुक्रबार ०७:१६

बाराको निजगढ नगरपालिकामा तिलगंगा आँखा अस्पतालको भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको जनाइएको छ ।

स्थानीय परियोजना सल्लाहकार समितिले अस्पताल निर्माणको भौतिक प्रगति ९५ प्रतिशत पुगेको र अबको केही दिनमा पूरा गरी आगामी कार्तिक २८ गते उद्घाटन गर्ने तयारीमा रहे को जनाएको छ । उद्घाटन भएलगत्तै अस्पतालले नयाँ भवनबाट से वा सञ्चालन गर्ने जनाइएको छ ।

निजगढ नगरपालिका– ९ स्थित अस्पताल रोडमा ०७५ बाट सुरु भएको आँखा अस्पताल निर्माणमा अस्ट्रेलियन दातृ संस्था फ्रेड होलोज फाउन्डेसनले करिब १९ करोड रुपैयाँको लगानी लागे को छ । यस क्षेत्रकै ठुलो आँखा अस्पतालका रूपमा निर्माण भइरहेको निजगढ तिलगंगा अस्पतालको लागत १७ करोड रुपैयाँ अनुमान गरिएकोमा बढेर १९ करोड रुपैयाँ पुगेको छ । पाँच वर्षभित्र सम्पन्न हुने गरी निर्माण सुरु भएको भवन निर्माण निर्धारित समयभन्दा दुई वर्षअघि नै पूरा हुन लागेको छ ।

आँखाको उपचारका लागि विश्व प्रसिद्ध तिलगंगा आँखा अस्पतालले आँखा उपचारमा सर्वसाधारणको सहज पहुँच विस्तारका लागि निजगढलगायत देशका विभिन्न २० अस्पतालहरूमार्फत आँखा उपचार सेवा प्रदान गर्दै आएको छ । निजगढमा भवनको निर्माणकार्य सम्पन्न भएपछि अस्पतालले बहिरंग सेवा, विशेषज्ञ सेवा, विस्तारित से वा र नियमित शल्यक्रिया सेवा सञ्चालन गर्ने योजना रहेको छ ।

सो समितिका संयोजक निजगढ नगरपालिकाका मे यर सुरथ पुरीको अध्यक्षतामा स्थानीय परियोजना सल्लाहकार समितिको बिहीबार निजगढ नगरपालिका कार्यालयमा बसेको बैठकबाट आगामी पाँच वर्षका लागि नयाँ परियोजना प्रस्ताव गर्ने, स्थानीयलाई उपचारमा सहुलियत प्रदान गर्ने र अस्पताल सञ्चालनमा आएपछि प्रचारप्रसार गर्ने तथा दिगो व्यवस्थापन र सञ्चालन गर्ने गरी काम अगाडि बढाउन केन्द्रीय समितिलाई सुझाव दिने निर्णय गरेको जनाइएको छ ।

तिलगंगा आँखा अस्पतालले हाल निजगढ– ९ स्थित प्राथमिक स्वास्थ्य केन्द्र परिसरमा स्टल राखेर आँखा उपचार सेवा प्रदान गरिरहेको छ । सो अस्पतालले समुदाय र विद्यालयस्तरमा आँखासम्बन्धी सचेतनामूलक कार्यक्रम र निःशुल्क उपचार शिविरमार्फत आँखा उपचार सेवा प्रदान गर्दै आएको छ ।

Comment


Related News

Latest News

Trending News