अपडेट 
२०८१ भाद्र १५, शनिबार ०७:५४

मधेश प्रदेशसभामा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले मधेश प्रदेशमा सात वटा मन्त्रालय कायम गर्न माग गरेको छ ।

लोसपा नेपाल मधेश प्रदेशका संसदीय दलका उपनेता उपेन्द्र महतोले मधेश प्रदेशमा मन्त्रालयको संख्या घटाउन माग गरेका छन् । उनले भन, ‘प्रदेश सरकारमा राज्यमन्त्री राख्ने र विरोध हुँदा हटाउने सरकारले मन्त्रालयसमेत घटाउनु पर्छ,’ प्रदेश सांसद महतोले भने,‘मन्त्रालयको बजेट स्थानीय तहभन्दा पनि कम छ । मन्त्रालयमा सचिव नै छैन । कर्मचारी छैन । वडा कार्यालय जति पनि कर्माचारी मन्त्रालयमा छैन अनि किन राख्ने मन्त्रालय ?’ जनमत पार्टी नेतृत्वको सरकारले सात मन्त्रालय कायम गरी सकारात्मक सन्देश दिनुपर्ने उनको भनाइ छ ।

मधेश प्रदेशसभामा शुक्रबार बोल्दै उपनेता महतोले मुख्यमन्त्रीले कसले भन्दा राज्यमन्त्री थपेको र कसले भनेर राज्यमन्त्रीलाई अपमान गरी हटाएको विषयमा मुख्यमन्त्रीले प्रदेशसभामा जवाफ दिनु पर्ने बताए । उनले मुख्यमन्त्रीले राज्यमन्त्रीहरुलाई अपमान गरी हटाएको भन्दै सांसद महतोले सरकारको आपत्ति जनाउँदै आलोचनासमेत गरे । जम्बो मन्त्रिपरिषद् गठन गरी राज्यमन्त्री हटाउने आँट गर्ने सरकारले कामविहीन मन्त्रालयलाई सात वटा मन्त्रालयमा सीमित गर्नका लागि पनि आँट देखाउन उनले माग गरे । आवश्यकता भन्दै अत्यधिक मन्त्रालयले प्रदेशको व्ययभार बढाएकोले १२ मन्त्रालयलाई ७ मन्त्रालयमा झार्नु पर्ने उनले बताए ।

मधेश प्रदेशमा मन्त्रालयको संख्या कम गर्ने मुख्यमन्त्रीलाई प्रदेशको नागरिकले जयजयकार गर्ने बताउँदै मधेश प्रदेश सरकारका दलहरुले ५० प्रतिशत महिला र सबै क्लस्टरबाट मन्त्री बनाउनु पर्ने प्रदेश सांसद महतोले भने ।

Comment


Related News

Latest News

Trending News