अपडेट 
२०८१ भाद्र १५, शनिबार ०८:००

मधेश प्रदेशका खेलकूद तथा समाज कल्याणमन्त्री प्रमोद जयसवालले मानव सूचकांको दृष्टिकोणमा पछाडी पार्नुको प्रमुख कारणमा बालविवाह पनि रहेको बताएका छन् ।

समाज कल्याण मन्त्री जयसवालले मधेश प्रदेशका विभिन्न पालिकाहरुमा सञ्चालन गरेको बालविवाह न्यूनीकरण परियोजनाको सिकाइ तथा अनुभव आदान प्रदान कार्यक्रममा बताए । उनले संघीयताको सात वर्षको अवधिमा भौतिक पूर्वाधारसंगै सामाजिक रुपान्तरणका लागि प्रदेश सरकारवाट हुनु पर्ने काम जति हुन नसकेको स्वीकार गर्दै अव सामाजिक रुपान्तरणका लागि काम गर्न आवश्यक भएको बताए ।

समाज कल्याणमन्त्री जयसवालले समाजमा रहेका पुराना सोचमा र सामाजिक कुसंस्कारहरुमा परिवर्तन भएको खण्डमा मधेश प्रदेश स्वतः समृद्ध हुने र त्यसपछि नेपाल आफै समृद्ध बन्ने दावी गरे । मधेश प्रदेशको महोत्तरी जिल्लाको लोहारपट्टी, मटिहानी, जलेश्वर र पिपरा गाउँपालिका रौतहट जिल्लाको दुर्गाभगवती तथा राजपुरमा कार्यक्रम गरेपछि ती पालिकाहरुमा वालविवाहको मात्रामा कमी आएको आयोजनाका प्रोजेक्ट म्यानेजर सृजना केसीले जानकारी दिनु भयो ।

अहिले ती पालिकाहरुमा वालिका विवाह ३५ देखि ५९ प्रतिशत रहेको छ भने वालकको विवाह ६ देखि २८ प्रतिशतले रहेको पाइएको छ । खेलकूद तथा समाजकल्याण मन्त्रालयका सचिव चुडामणि फुयालको अध्यक्षतामा भएको सो कार्यक्रममा ती पालिकाहरुमा काम गरेका वाल क्लवका वालवालिकाहरुले बालविवाहको अवस्थाका बारेमा सिकेका तथा अनुभव गरेका विषयमा जानकारी दिए ।

Comment


Related News

Latest News

Trending News