अपडेट 
२०८१ भाद्र १७, सोमबार ०९:००

सप्तरीको सप्तकोशी नगरपालिकामा चन्द्र नहरमा एकको मृत्यु भएको छ ।

जिल्लाको सप्तकोशी नगरपालिका– ११ का ५५ वर्षीय कर्णबहादुर तामांगको आइतबार चन्द्र नहरको पानीमा डुबेर मृत्यु भएको छ। कञ्चनरूप नगरपालिका ६ स्थित चन्द्र नहरको पानीमा डुबेको अवस्थामा तामाङको शव आइतबार फेला परेको छ । प्रहरीले घटनास्थल पुग्दा नहरको पानीमा डुबेको अवस्था तामांगको शव फेला परेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । आवश्यक प्रक्रिया पूरा गरी शव परीक्षणका लागि राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पताल पठाएको र घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए ।

Comment


Related News

Latest News

Trending News