आसमान नेपाल नामको गैह्रसरकारी संस्थाले नेपालको तराई मधेश लगायत पहाडका जिल्लामा समेत झण्डै तीन दशकदेखि शिक्षा, बालविवाह, बालश्रम लगायतको क्षेत्रमा कार्यरत्त छन् ।कयौं अर्ब रुपैयाँ त्यो संस्थाले साक्षर जिल्ला बनाउन, बालबाविवाह र दाइजो निर्मूल गर्न, बालश्रमको अन्त्य गर्न चलाएको छ ।
विभिन्न दातृ निकाय, नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहको समन्वयमा वर्षैभरि कार्यक्रम चलाउने गरेको आसमान नेपालले हाल सम्म लक्ष्य भेटेको छैन् । आसमान नेपालले गलत तथ्यांक बनाएर दातृ निकाय र सरकारी निकायहरुलाई ठग्ने गरेको देखिन्छ । आसमानले हालसम्म गरेका कुन कार्यक्रम सफल भएको र त्यसको लक्ष्य प्राप्ति हुनसकेको तथ्यांक देखाउन आवश्यक छ । दश वर्षे योजनाहरु बनाएर बजेट चलाउने र लक्ष्य भन्दा धेरै टाढा रहे पनि कागजमा उपलब्धि देखाउने गरेको छ ।
आसमान नेपालले हालसम्म गरेका कामहरुको समीक्षा हुनुपर्छ । उसले विदेशी दातृ निकायहरुमा पठाउने गरेको प्रतिवेदन सार्वजनिक हुनु आवश्यक छ । कागजमा नै बजेट सिध्याउने प्रवृत्तिले मधेशमा कयौं सामाजिक विकृतिहरु अझै विद्यमान छ । आसमानले बालबालिकालाई विद्यालय पठाऔं कार्यक्रम सञ्चालन गरेका जिल्लाहरुमा अहिले पनि धेरै बालबालिकाहरु विद्यालय भन्दा बाहिर छन् । बालश्रमिकहरु मधेश प्रदेशको राजधानी जनकपुरधाममा नै प्रशस्त छन् ।
दाइजो लेनदेन भइ नै रहेको छ । विद्यालयहरुमा अझै पनि शौचालय व्यवस्थित छैन् । आसमानले भने जस्तो कुनै जिल्ला साक्षर हुन सकेको छैन् । तर त्यो संस्थाले अर्बो रुपैयाँ सिध्याइ सकेको छ । आसमानले अहिले मधेशमा बालविवाहको स्थिति भयावह देखाउदै फेरि नयाँ कार्यक्रममा करोडौ रुपैयाँ खान थालेको छ । सरोकार भएकाहरु भन्दा टाढा रहेर प्रचारबाजी गर्न खप्पिस रहेको त्यो संस्थाले फेरि करोडौ रुपैयाँ बालविवाह नियन्त्रणका लागि हजम गर्ने भएको छ । बालविवाह रोक्न देशमा कडा कानुन छ । अनेकौ सामाजिक संघसंस्था सकृय छन् । प्रहरी प्रशासनले बालविवाह रोक्न तत्काल सकृयता देखाउने गरेको छ । बालविवाहलाई नियन्त्रण गर्ने कागजी योजनामा आसमान नेपालले रकम खाने गरेको छ ।
त्यसमा प्रदेश र संघीय सरकारका केही अधिकारीहरुको पनि संलग्नता देखिन्छ । नक्कली प्रतिवेदन बनाउने आसमान नेपालको विषयमा दातृ निकाय र सरकारी निकायले छानबिन गर्न आवश्यक छ । आसमानले हालसम्म सञ्चालन गरेको कार्यक्रम र त्यसको उपलब्धि विषयमा हरेक वर्ष फरक तथ्यांक सार्वजनिक हुने गरेको छ । कार्यक्रम सम्पन्न हुने बेलामा सम्पूर्ण उपलब्धि देखाउने र पुन : अर्को निकायसित कार्यक्रम लिन अर्को तथ्यांक देखाउने आसमानको धन्धालाई रोक्नु पर्छ । झुटो तथ्यांक सार्वजनिक गर्ने निकायलाई कारबाहीको दायरामा ल्याउनु पर्छ ।