अपडेट 
२०८१ भाद्र १९, बुधबार ०७:५३

नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.एनामुल हकले निकालेको विज्ञापन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रद्द गरेको छ ।

विज्ञापन रद्द भएपछि मेसु हकको लेनदेनमा नियुक्ति गर्ने योजना तुहिएको छ । नारायणी अस्पतालको प्रमुख बनेर आउने बित्तिकै करारका कर्मचारी खारेज गरेका मेसु हकले कर्मचारी पुन नियुक्तिका लागि गरेको विज्ञापनलाई मन्त्रालयले बदर गरेको छ । नारायणी अस्पतालले करार सेवाका लागि निकालेको विज्ञापन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दोश्रो पटक आइतबार रद्द गरेको छ ।

स्वाथ्य तथा जनसंख्या मन्त्रालयको भदौँ १६ गते बसेको सचिवस्तरीय निर्णयले सो विज्ञापन रद्द गरेको नारायणी अस्पतालको प्रशासन शाखाले जनाएको छ । अर्को निर्णय नभएसम्म नारायणी अस्पतालमा कर्मचारी नियुक्ति तत्कालको लागि स्थगन गरिएको मन्त्रालयका शाखा अधिकृत शिव कुमार निरौलाले जनाएका छन् । हकले जेठ २१ गते अस्पतालका ४७ करारका कर्मचारीलाई हटाएका थिए ।

आवश्यकताभन्दा बढी कर्मचारी भएको र आर्थिक व्ययभार बढेको कारण देखाउँदै सबै कर्मचारीलाई अस्पताल प्रशासनले बर्खास्त गरेको थियो । कर्मचारीहरुलाई बर्खास्त गरेपछि मेसु र अस्पताल संचालक समितिका पदाधिकारीबीच विवादसमेत भएको थियो । एक महिना वितेपछि अस्पताल प्रशासनले २७ जना अधिकृत सहित ३३ जना कर्मचारी करारमा भर्ना गर्ने भन्दै ७ दिने सूचना निकालेको थियो ।

सार्वजनीक खरिद ऐनले अत्यावश्यक सेवाको आपूर्ती गर्दा मात्र ७ दिने सूचनालाई स्वीकार गर्छ । मेसु हकले १२ जना मेडिकल अधिकृत, १२ जना स्टाफ नर्स, ३ जना हेल्थ असिस्टेन्ट, ५ जना रेडियोग्राफर, र ४ जना अहेबसहित ४७ जना कर्मचारीलाई बर्खास्त गरेपछि अस्पतालको सेवा नराम्ररी प्रभावित भएको छ । तर उनले रकमको चलखेल गरी नयाँ भर्ना गर्न खोज्दा मन्त्रालयले रोक लगाएको छ ।

Comment


Related News

Latest News

Trending News