२०८१ भाद्र १९, बुधबार ११:०१

सर्लाहीको हरिवनमा विषालु सर्पले डसेको एक युवकको ज्यान गएको छ।

गोमन सर्पले टोकेर हरिवन नगरपालिका–८, चापिनी निवासी ३५ वर्षीय सागर आले मगरको मृत्यु भएको हो।

आलेलाई गए राति शौचालय जाने क्रममा गोमन सर्पले डसेको थियो। उनलाई लालबन्दीस्थित सर्पदंश उपचार केन्द्र नवलपुर पुर्‍याइएको थियोर। तर त्यहाँ उपचार सम्भव नभएपछि जनकपुरतर्फ लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको हो।

गए राति नै सर्पले डसेको भए पनि आज बिहानपख मात्र परिवारले थाहा पाएपछि ढिलो गरी उपचारका लागि ल्याइएकाले समस्या भएको उपचार केन्द्र नवलपुरका अध्यक्ष उद्धव पौडेलले जानकारी दिए।

Comment

Related News

Latest News

Trending News