मालपोत कार्यालय पर्साले एकजना जग्गाधनीको जग्गा गायब गरिदिएको छ ।
वीरगञ्ज महानगरपालिकाको वडा नम्बर ७ का सञ्जय जयपुरियाले आफ्नी श्रीमतीको नाममा कायम रहेको जग्गाधनी पुर्जा घरमा नै रहेको तर अड्डामा जग्गा नरहेको आरोप लगाएका छन् । श्रीमती शान्ती कुमारी मारवाडिले २०६७ सालमा वडा नम्बर ७ माईस्थानको कित्ता नम्बर ७७ कोसाढे ६ धुर जग्गा नितेन्द्र प्रसाद साहसंग खरिद गरी भोगचलन गर्दै वीरगञ्ज महानगरपालिकालाई घर जग्गा कर समेत बुझाउँदै आएको जयपुरियाले बताए ।
गत वर्ष जग्गा बैंकमा धितो राखेर ऋण लिने क्रममा रोक्क ागर्न जाँदा जग्गा बिक्री भइसकेको मालपोत कार्यालयले जनाएको जयपुरियाले बताए । ‘एकबर्ष अगाडि घरायसी प्रयोजनको लागि बैंकबाट ऋण लिनु प¥यो भनेर मालपोतमा रोक्का गर्न जाँदा सो जग्गा अरुको नाममा बिक्री भएको कर्मचारीले बताए’ उनले भने, तर हामी मिलाइ हाल्छौँ, तपाईको जग्गा, फर्काइदिन्छाँै भनेर आफूलाई भ्रममा पारियो ’। ‘यो कसरी भयो भन्दै मालपोत कार्यालय, नापी कार्यालय सबै धाउँदाधाउँदै एक बर्ष हुन लाग्यो’ जयपुरियाले भने, कुनै सुनुवाइ छैन, जहाँ जान्छु , त्यहाँ मात्र गरिन्छ, मेरै जग्गा मैले पाउन के गर्नुपर्छ ? मालपोत कार्यालयबाट गल्ती भएको हो, तपाईंको काम हुन्छ, हुन्छ भनेर भोलि आउनु , पर्सी आउनु, अहिले त्यो फाँटको मान्छे आएको छैन भनेर आलटाल गर्दै दुःख दिने गरेको दुःखेसो पोख्दै उनले भने, नापी कार्यालयमा भने ६९ कित्ताको ४ कित्ताकाट गरी ३ जनाको नाममा बिक्री गरिसकेको र ६९ नम्बर कित्ता बदर भइसकेको छ ।