अपडेट 
२०८१ भाद्र २१, शुक्रबार ०७:४६

देशमा पर्वत्यौहार धमाधम आउन थालेको बेला म्याद गुज्रेको केमिकल र अखाद्य वस्तु मिसाएर घ्यू बनाउने उद्योगलाई जिल्ला प्रशासन कार्यालय पर्सासहितको टोलीले बुधबार साँझ शील गरेको छ ।

घ्यू बनाउने उद्योगमा विशेष सूचनाको आधारमा जिल्ला प्रशासन कार्यालय पर्साको नेतृत्वमा खटेको टोलीले छापामारी गरेपछि म्याद गुज्रेको केमिकल, कुहिएका पाउरोटीलगायतका वस्तुहरु प्रयोग गरिएको खुलासा भएको छ । जिल्ला प्रशासन कार्यालयले छापामारी गरेपछि उद्योगका सञ्चालक लोकेश मित्तल सम्पर्कविहीन भएका छन् ।

उद्योगमा प्रशासन कार्यालयका प्रतिनिधि दलबलसहित प्रवेश गरेदेखि नै सञ्चालक मित्तल सम्पर्कविहीन भएका छन् । हिन्दूहरुको पर्वत्यौहारहरु चौठचन्द, तीज, विश्वकर्मा पूजा, वडा दशैं तिहार, छठलगायतका पर्वहरु आउने क्रम सुरु भइसकेको छ । घ्यूको अत्यधिक खपत हुने पर्वत्यौहारको बेला मित्तलले अखाद्य सामग्री र म्याद गुज्रेका केमिकलहरु मिलाएर बनाएको घ्यू बजारमा बिक्री वितरण गरिरहेको पाइएको छ । वीरगञ्ज महानगरपालिकाको वडा नम्बर १५ भेडियाही स्थित श्रीराधा बेकरीसटिंग रि–पैकिंग उद्योगमा जिल्ला प्रशासन कार्यालय पर्साले छापामारी गरी शिलबन्दी गरेको छ ।

उपभोक्ता हित संरक्षण मञ्च नेपाल पर्साले अखाद्य घ्यू उत्पादन गरी बिक्री वितरण भइरहेको भन्दै उजुरी दिएपछि जिल्ला प्रशासन कार्यालय पर्साले छापामारी गरेको छ । उद्योगमा घ्यु बनाउने नाममा अखाद्य वस्तु ,म्याद गुज्रेको केमिकल प्रयोग गरी केक, पाउरोटीमा प्रयोग हुने बेकरी र सटिङ्लाई घ्यु भन्दै प्याकिंग गरी बिक्री वितरण गर्दै आएको सो उद्योगमा प्रमाणहरु फेला परेपछि प्रशासनले शिलबन्दी गरेको छ ।

छापामारी गर्न पुगेको टोलीले नक्कली लेबल, उद्योगमा प्रयोग हुने अखाद्य पदार्थ, बिक्री वितरणको लागि तयारी घ्यू, त्यसमा प्रयोग हुने पदार्थहरु र भाँडाकुडासहित जिल्ला प्रशासन कार्यालय पर्सामा लगिएको छ । आवश्यक चेकजाँचको लागि उद्योगमा पुगेका अधिकारीहरुले उद्योगको कागजात माग्दा नभएको बताएपछि आवश्यक कारबाहीको लागि उक्त उद्योगमा शिलबन्दी गरिएको खाद्य तथा गुण नियन्त्रण कार्यालय वीरगञ्जका प्रमुख सुरेश कुमार सिंहले बताएका छन् ।

छापामारीमा खटेको टोलीमा खाद्य तथा गुण नियन्त्रण कार्यालय पर्सा, वाणिज्य कार्यालय वीरगञ्ज, उपभोक्त ाहित संरक्षण मञ्च, जिल्ला प्रशासन कार्यालय पर्सा, जिल्ला प्रहरी कार्यालय पर्सालगायतकाहरु रहेका थिए । उद्योगले गुणस्तरहीन घ्यू तथा अन्य बेकरी पदार्थ उत्पादन गरिरहेको स–प्रमाण फेला परे पछि उद्योगका संचालक फरार भएको बताइएको छ ।

श्री राधा बेकरी सटिंग रिपैकिंग उद्योगका मुख्य सञ्चालक मित्तलले प्रयोग गर्ने ९८५५०३३७०१ नम्बरको मोबाइल अफ गरी सम्पर्कविहीन भएका छन् । सो उद्योगले उत्पादन गरी बजारमा पठाएको घ्यूको बेचबिखनमा समेत रोक लगाइने सिंहले जनाएका छन् ।

Comment


Related News

Latest News

Trending News